Headlines

पूर्वराष्ट्रपति भण्डारी एमालेमा सक्रिय: ओलीको डमी उम्मेदवार हो की आफैं तयार ?

कही महिना देखि पूर्व पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा आउने कुरा नयाँ मानिएला तर त्यो कुरा उनले राष्ट्रपति हुँदैका बखत बताएकी हुन्। उनलाई केपी ओलीले अरु कोहि नआउन भनेर डमी बनाएका हुनु या पूर्वराष्ट्रपति भण्डारी आफैं खरो उत्रिएकी हुन् त्यो भने प्रश्नको बिषय हो। 

पछिल्लो समय अलि धेरै चर्चामा आएकी पूर्वराष्ट्रपति भण्डारीले सोमबार विराटनगरमा पत्रकार सम्मेलन नै गरेर सक्रिय राजनीतिमा आउने संकेत कुरा राखेको कुरा आजको हेडलाइन बनेको छ। विराटनगरमा एमाले कार्यकर्ता भेटघाटपछि आयोजित पत्रकार सम्मेलनमा उनले दलीय राजनीतिमा लागेर पद जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा मैले अहिले प्रवेश गरेकी छैन। तर यदि राजनीतिमा गइयो भने एमालेबाटै जन्मेर हुर्केर आएको हुनाले त्यही जानुपर्ने हुन्छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विद्यार्थी राजनीति महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट सुरु भएको र अन्तिममा दुइ कार्यकाल राष्ट्रपति भएर काम गरिन। एमालेका एकाथरीले उनलाई राजनीतिमा खिच्न चाहेका छन् भने अर्काथरीले थन्क्याउन चाहेका छन्। उनि भने अझै दोधारमा छिन।

एमालेका एकाथरीको भनाइ चाहिं अध्यक्ष खड्गप्रसाद ओलीले आफ्नो भाग खोस्न अरु कोहि आउलान भनेर डमी बनाएको आरोप लगाउँछन्। ओलीपिडितहरुको भनाइ चाहिं भण्डारी आउँदा आफूहरुको हिम्मत बढ्ने अपेक्षा गर्छन।  

Leave a Reply