गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तराष्ट्रिय महाधिवेशन पुन: गर्नका लागि सर्वोच्च अदालतको परमादेशबाट बनाइएको उच्चस्तरीय समितिका संयोजक तथा पूर्वअध्यक्ष डा. शेष घलेको अध्यक्षतामा बिश्वो भरिका गैरआवासीय नेपालीहरुको संयुक्त बैठक सम्पन्न भएको छ।
जनवरी २७, २०२५ आइबतबार नेपाली समय अनुसार दिउँसो ४:०० बजे जुममा बसेको बैठकमा बिश्वभरिका वर्तमान र पूर्व पदाधिकारी साथै सदस्यहरुको उपस्थिति रहेको थियो। बैठकमा एमालेका डा. बद्रि केसी पक्ष थोरै थिए तर बिनोद कुँवर र महेश श्रेष्ठ पक्षको भने उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकलाइ संबोधन गर्दै संयोजक डा. घलेले संघ एकै भएर जानुपर्ने हो, २०२२ मा पनि प्रयास गरिएकै हो तर हुन सकेन। अहिले यो पटक भने
सर्वोच्च अदालतको परमादेश र लाइन मिनिस्ट्री नेपाल सरकारको परराष्ट्र मन्त्रलयबाट समेत सहकार्य र सहयोगमा हुने भएकाले आफू अत्यन्तै आशावादी रहेको बताए। डा. घलेले उच्च स्तरिय समितिको अहिले सम्म ६ वटा बैठक भएको, परमादेश भएकाले समय सिमा पनि ख्याल गर्नुपर्ने कुरा प्रष्ट रुपमा राखे। त्यसैले महाधिवेशन अदालतले तोकिएको समयमा हुन्छ, अहिले सम्मको स्थिति हेर्दा ४/५ हजार भन्दा धेरै प्रतिनिधिहरुको उपस्थितिमा हुने कुरा बताए।
बैठकमा पूर्व अध्यक्ष देवमान हिराचनले कठिन स्थितिमा पनि काम गर्न सकिन्छ भन्ने कुरा आफ्नो कार्यकालमा काम गरेर देखाएको बताए। पूर्व अध्यक्ष हिराचनले यो हाम्रो लागि अर्को एउटा मौका हो त्यसैले भनेको समयमा सबैले छोटो चित्त नगरी गए समयमा नै काम गर्न सकिने कुरामा जोड दिए। बैठकमा उच्च स्तरीय समितिका कुल आचार्य, बिनोद कुँवर, जानकी गुरुङ, रविना थापा, उमेश पुडासैनीले पनि आफ्नो धारणा राखेका थिए।
डेमोक्र्याट भनेर चिनिने नेपाली कांग्रेस नजिकहरु डा. केशब पौडेल, नारायण आचार्य, हिक्मत थापा, नरेन भाट, बुद्धि सुवेदी, गंगाधर गौतम, दुर्गा आचर्य लगायतले अधिवेशन गर्ने र आफूहरु उत्साहित भएको बताए। कांग्रेसकै महेश श्रेष्ठ पक्षका एनआरएनहरु र आरके शर्मा लगायतले एकता हुनुपर्ने कुरा मात्र गरे तर आफ्नो योगदान के हुने त्यो भने बताएनन।
बैठकका डा. केसी पक्षले दोधारे कुरा गरे भने बिनोद कुँवर पक्षका सुर्य लम्साल, गिरि बुडाथोकी बिपिन गुरुङ, पूर्ण गुरुङ, सुन्दरी लामा लगायतले आफूहरु अधिवेशन गर्न तयार भएको र समयमै अन्तराष्ट्रिय महाधिवेह्सन सम्पन्न गर्ने कुरा बोले। उनीहरुमा कुनै लोभ, बिरोध र किन्तु परन्तु थिएन।
स्मरणीय कुरा, नेपाली कांग्रेसका उपसभापति पूर्वबहादुर खड्का र महामन्त्री गगनकुमार थापाले कम्युनिष्ट पार्टी एमालेसंग मिलेर आर्थिक प्रलोभनमा पर्दै एनआरएनए संस्थालाइ यस्तो चिरा-चिरामा पुर्याउन प्रमुख भूमिका खेलेका थिए। गगन कांग्रेसहरु अहिले पनि एमालेका बद्रि केसी बोकेर हिडेका छन्।
उच्च स्तरीय समितिमा कसैले छोडे या नआए पनि बाँकीले बहुमतको आधारमा काम गर्ने हो। यसैले कसैले धम्की दिनु र छोड्छु भन्नुले कुनै अर्थ राख्दैन। त्यसैले अदालतको फैसला अनुसार कसैलाई पनि अनिबार्य र भनिएको छैन। उपस्थित मध्ये पदलुप्त बाहेक सबैले आउने आउँछन् नआउने आउँदैनन तर महाधिवेशन समय अबधिमै गर्ने कुरा बताए।
एमालेका गुण्डा नेता महेश बस्नेतको गुण्डा जत्था ल्याएर एनआरएन मुख्यालमा एनआरएनहरुलाइ पिट्न लगाउने डा. बद्रि केसी टोली नै हो। उनि उच्च स्तरीय समितिबाट राजिनामा पनि दिंदैनन बैठकमा पनि आउँदैनन। त्यसैले उनको भाउ जोख्नु जरुरी छै। उसै पनि एमालेको तोकादेश बिना उनि आउंदैनन।
डा. उपेन्द्र महतो २०१३ देखिने एनआरएन होइनन पूर्व अध्यक्ष मात्र हुन्। त्यसैले उनी हुनु र नहुनुमा खासै अर्थ छैन तर पनि डा. महतो जसले बोलाए पनि उतै जान्छन् यहि उनको इतिहास हो। जिबा लामिछाने आगामी ८४ को चुनावमा टिकेट किन्ने दाउमा छन्। उनले गगन थापालाइ भेटी चडाएका छन्। तर टिकेट दिनेमा कांग्रेस सभापति भएकाले कांग्रेसबात निरास भएर एमालेमा धाएको प्रमाण हामीसम्म पुगेको छ। उनि खुलेर आउने वाला छैनन। कुमार पन्त जिबाले जे भन्छन उसै गर्छन उनको आफ्नो लिग्यासी छैन। भबन भट्टले आफू सन्यासी भएकाले बिरोधी नभएको सहयोगी रहेने तर समय धेरै दिन नसक्ने बताउंदै आएका छन।