दशकौं अधिवेशन नहुँदा नेकाँ जनसम्पर्क समिति कोमामा 

Spread the love

कृष्ण के सी, अमेरिका, जनवरी ९, २०२५ 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. शेखर कोइरालाले झन्डै-झन्डै विजय हासिल गरेका थिए। तर दोश्रो चरणमा सभापति शेरबहादुर देउबाले गिभ एण्ड टेक सेटमा जित हासिल गरे। त्यसै अनुरुप उनले राष्ट्रपति रामचन्द्र पौडेल, नेता डा. शेखर कोइराला, नेता कृष्ण सिटौला र नेता प्रकाशमान सिंह सहित सबैलाई केहि न केहि स्थान टिएर आफ्नो स्थान सहज बनाएका छन्।

नेपाली कांग्रेसको प्रचलित बिधानको परिच्छेद २ को दफा ४ मा सदस्यता संबन्धि ब्यबस्था उल्लेख गरिएको छ। जस अनुसार सदस्यहरु २ प्रकारका छन्। साधारण र क्रियाशील सदस्य। साधारण सदस्य भएको १ बर्ष पछि क्रियाशील सदस्य हुन पाउने ब्यबस्था छ। 

तर कांग्रेस पार्टीमा सदस्यता नदिने र लुकाउने काण्ड भने पुरानै हो। एकजना नेताले भने, आगामी महाधिवेशनमा सहमहामन्त्रीको लागि तयारी गर्दैछु तर मेरो क्रियाशील नै लुकाएछन्। उनका पिता पनि कांग्रेसको उपल्लो तहका नेता र नेपाल सरकारका पूर्व मन्त्री भएका व्यक्ति थिए। उनको पाहुंच त यस्तो छ अब सामान्य व्यक्तिको हालत के होला ?

त्यसैगरी बिधानको दफा ४ को उपदफा ख अनुसार पार्टीको सदस्य हुन नेपाली मतदाता हुनुपर्छ। दफा ६ मा प्रत्येक बर्ष पार्टीको सदस्यता नवीकरण गर्न पाउने ब्यबस्था छ तर त्यसो भएको छैन। बिधानकै दफा ७ मा पार्टीका वडा देखि जनसम्पर्क समिति सम्म विभिन्न तहमा सदस्यता नविकरण गर्ने बिधि तोकिएको छ। 

दफा ८ मा सदस्यता छानविन गर्ने र नवीकरण गर्न दिने ब्यबस्था छ। अनि दफा ९ मा चाहिं महामन्त्रीलाइ सदस्यता ब्यबस्थापन गर्ने जिम्मेवारी दिएको छ। पार्टीको बैठकले दुइ बर्ष पहिला महामन्त्री गगन थापालाई दिएको जिम्मा उनले केहि पनि नगरी बसेका छन्। पार्टीको इतिहासमा अहिलेको भन्दा निकम्मा र निरिह महामन्त्री कहिलै पनि थिएनन भन्छन कांग्रेसीहरु।   

विदेशमा दफा १० अनुसार पार्टी प्रवेसको बिधि कार्यनयन जनसम्पर्क समितिमा भएको छैन। लुकाएर लेटरहेड र सदस्यता बेचेको कुरा सुन्नेगरिएको छ। सोहि कुरा जनसम्पर्क समिति बिभागका प्रमुख किरण पौडेलले न्यूयोर्कमा बोलेका छन्। उनले भने अन्यत्र सदस्यता प्रति पठाइन्छ उहाँहरुले भरेर पार्टीमा पठाउनुहुन्छ तर अमेरिकामा चाहिं म आफैंले प्रिन्ट गरेर ल्येएको हुँ, कतै नाबेचियोस भनेर।

दफा १२ अनुसार जनसम्पर्क समितिको सदस्यता समबन्धि ब्यबस्था छ। जनसम्पर्क समितिको सदस्यता र क्रियाशील सदस्यतामा तात्विक फरक छैन केवल दिने लिने ठाउँ फरक छ।

बिधानको परिच्छेद ५ अनुसार विदेशस्थीत नेपाली जनसम्पर्क समिति संबन्धी ब्यबस्था छ। दफा १४ मा जनसम्पर्क गठन बिधि र  दफा १४ उपदफा ४ को ग अनुसार महाधिवेशन प्रतिनिधि हुन नेपाली नागरिक हुनुपर्ने कुरा छ। तर गत महाधिवेशनमा यूरोप, अमेरिका, अष्ट्रेलिया र बेलायत लगायतबाट तत् देशका पासपोर्ट बोकेर नेपाल पुगेर काँग्रेस पार्टीको महाधिवेशनमा मतदान गरे। यसको जवाफ कसले दिने ?

अब कुरा गरौँ जनसम्पर्क समिति अमेरिका को। २०१४ देखि अहिले २०२४ एक दशक सम्म समितिको महाधिवेशन नै भएको छैन। यस्तै अन्य देशमा पनि छन्। यसबारे कसले जवाफ दिने ? किरण पौडेलले की अरु कसैले ?

कांग्रेस पार्टीको बिधान र कार्यविधिको यो ब्यबस्था पढौं

पार्टीको विधानको धारा १४ (६) बमोजिमको अवधिभित्र नेपाली जनसम्पर्क समितिको अधिवेशन हुनु पर्नेछ। उक्त अवधिभित्र अधिवेशन सम्पन्न नभएमा जनसम्पर्क समिति स्वत: विघटन हुनेछ र छ महिनाभित्र अधिवेशन गर्नका लागि पार्टी केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय गर्नेछ। 

बिधानको धारा १४ को ६ उपधारा ४ 

नेपाली जनसम्पर्क समिति कार्यसमितिको गठन, केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यको प्रतिनिधित्वको सम्बन्धमा देहाय बमोजिम हुनेछ : (

क)  नेपाली जनसम्पर्क समितिको अध्यक्ष निर्वाचित हुन पार्टी विधान तथा नियमावली बमोजिम नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको नेपाली नागरिक हुनु पर्नेछ ।

(ख) नेपाली जनसम्पर्क समिति कार्यसमितिको अध्यक्ष वाहेक अन्य पदाधिकारी र सदस्यहरु नेपाली कांग्रेसको क्रियाशील सदस्यता वा नेपाली जनसम्पर्क समितिको सदस्यता जुनसुकै प्राप्त गरेको व्यक्तिमध्येबाट निर्वाचित/मनोनित हुन सक्नेछ ।

(ग) पार्टी विधान र नियमावली अनुसार नेपाली जनसम्पर्क समितिबाट पार्टीको महाधिवेशन प्रतिनिधि निर्वाचित हुनका लागि नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको नेपाली नागरिक हुनु पर्नेछ । 

पार्टीको बिधान, कार्यविधि र भएका अधिवेशनले धेरै देशमा जनसम्पर्क समिति कोमामा छन र मरेको घोषणा गर्न बाँकी छ। के यी सबै कुराको जवाफ नेता किरण पौडेलसँग छ त ?

3 thoughts on “दशकौं अधिवेशन नहुँदा नेकाँ जनसम्पर्क समिति कोमामा 

  1. Die Mindesteinzahlung für die Teilnahme an dieser Aktion beträgt 20 €/$/£ (oder entspricht EUR).
    100% bis zu 1000€ + 100 Freispiele 50% bis zu 500€ + 50
    Freispiele
    In den meisten Fällen beträgt die geforderte Mindesteinzahlung 10€.
    Aber statistisch betrachtet ist eine solche Aussage haltlos, wenn man in einem lizenzierten Casino
    Einsätze tätigt. Das sind Unterschiede
    und Nachteile in den Regularien, die bei Offshore-Behörden wie zum Beispiel in Curacao bestehen. Betreiber, die
    keine solche Lizenzierung besitzen, aber dennoch hierzulande ihre Dienste anbieten,
    sind Betrüger und landen auf einer Blacklist.
    Der maltesische Staat hat daher ein hohes Eigeninteresse an der unbedingten Vertrauenswürdigkeit
    der vergebenen Glücksspiellizenzen! Die Bewerbung
    auf die Erteilung einer Lizenz und die Verlängerung einer
    bestehenden Erlaubnis sind mit Kosten verbunden.

    References:
    https://online-spielhallen.de/verde-casino-bonus-aktuelle-angebote-tipps/

Leave a Reply