Headlines

डा. कोइरालाको महाधिवेशन अभियान सुरु, सभापति देउबाको भित्री समर्थन

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको चर्चा चल्न थाकेको छ। यसै सन्दर्भमा सुदुरपश्चिम प्रदेश, कैलाली जिल्ला, धनगढीमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघ सुदुरपश्चिम प्रदेशको अधिवेशन उदघाटन् दर्दै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन्। 

डिसेम्बर २१, शनिवार नेपाल प्रजातान्त्रिक सेनानी सङ्घको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले  भने, अबको कांग्रेस बलियो र गतिशील कांग्रेस हुनुपर्छ। पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनुपर्ने र त्यसका लागि आफू नेतृत्व लिन तयार रहेको समेत उनले बताए। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २०८२ भित्रै हुनुपर्छ, यसमा किन्तु परन्तु भन्न पाइँदैन।

महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिन्छ, नयाँ कार्यदिशा तय गर्छ त्यसैले महाधिवेशन बेलैमा हुनुपर्छ र नेपाली कांग्रेसलाई जोगाउन तथा लोकतन्त्रको सुदृढीकरण गर्नको लागि पनि महाधिवेशनको आवश्यक रहेको उनले बताए।

कांग्रेसका नेता डा. कोइरालाका साथमा कांग्रेस केन्द्रीय सदस्य संजय गौतम, गोविन्दराज पोख्रेल, सुदुरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाह, पुर्व केन्द्रीय सदस्य हृदयराम थानी, सुनिल भण्डारी, चन्द्रसिंह भट्टराई, राष्ट्रिय सभा सांसद नारायणदत्त मिश्र, संघीय सांसद डा. सुनिल शर्मा, नेविसंघका पुर्व केन्द्रीय सभापति केशव सिंह, महेन्द्र शर्मा, बाजुरा कांग्रेस सभापति रामसिंह रावल, दार्चुला कांग्रेस सभापति ललितसिंह बोहरा, प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहाल, प्रदेश सांसद दिवानसिंह बिष्ट र जुना दानी, कैलाली कांग्रेस कार्यवाहक सभापति खेम चौधरी, पुर्व सांसदहरु भरत खड्का,  हिरादत्त भट्ट, रामबहादुर बिष्ट, यज्ञराज पाठक, बुद्धिसागर चौधरी, जनक गिरी, चन्द्रादेवी जोशी, कल्पना सोब, बझाङ कांग्रेसका नेता सत्यराज भण्डारी, जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामी लगायत रहेको कुरा आयोजकहरुले बताएका छ। 

नेपाली कांग्रेसका भित्री श्रोतका अनुसार सभापति शेरबहादुर देउबाले आफू राष्ट्रपतिको लागि इच्छित भएको, श्रीमती डा. आरजु देउबा राणालाइ उपसभापति र डा. कोइरालालाइ पार्टी सभापतिको रुपमा संझौता गरेका छन्। कतिपयले रमेश लेखकलाइ महामन्त्री अनुमान गरेता पनि महामन्त्रीमा भने डा. प्रकाशशरण महत या प्रदिप पौडेलको संभावना बढेको छ। 

सो कुरा थाहा पाउने बितिक्कै अतालिएका महामन्त्री गगन थापा भने सभापति देउबाको पछि लागेका छन्। तर सत्य कुरा के हो भने सभापति देउबा श्रीमती देउबालाई अघि बधाउन चाहन्छन। त्यसको बाधक भनेको पहिलोमा गगन थापा नै हो। यसैले उनले गगनलाइ साथ् दिने कुरा कुनै अर्थमा पनि सम्भव छैन। उसमाथि गगन भनेको नेपाली कांग्रेसको इतिहासमा सबै भन्दा अस्थिर, विश्वास गर्न नसकिने स्वार्थी व्यक्ति हुन् भनेर प्रमाणित नै भएको छ।