Headlines

नेपाल पत्रकार महासंघ:दलले हराएका र जिताएका पत्रकारहरु

नेपाल पत्रकार महासंघको डिसेम्बर १३, २०२४ शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम डिसेम्बर १५, २०२४ आइतबार सार्वजनिक गरिएको छ। 

परिणाम अनुसार दलीय गठबन्दनका तर्फबाट अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मतसहित विजयी भएकी छन् भने रमेश बिष्ट ३ हजार २०३ मत ल्याएर पराजित भएका छन। 

स्मरणीय कुरा के हो भने शर्मालाइ एमाले र कांग्रेसका एमालेवाला पक्षको अनिबार्य मतदानको व्हिपजारी थियो भने बिष्टलाइ हराउन कडा निर्देशन। यदि स्वतन्त्र रुपमा संघको निर्वाचन भएको हुँदो हो भने यो ठुलो अन्तर हो तर दलीय व्हिपजारीमा भएको यो परिणाम ठुलो अन्तर होइन। 

नेकपा एमाले र नेपाली कांग्रेस पार्टीले बनाएको गठबन्धनलाइ नेपाली पत्रकार र संचारकर्मीहरुको ठुलो संख्याले मन पराएनन। निर्वाचित होइन दलीय स्वार्थ अनुसार हराउने र जिताएको यो स्थिति भनेको नेपाली संचारकर्मी पत्रकारहरुको स्वतन्त्रताको हनन हो। अबश्य पनि कतिपय संचार संस्था, न्यूज एजेन्सीहरु कुनै दलको पक्ष या विपक्षमा हुन्छन। तर निर्वाचन नै यसरी हुनु चाहिं गलत प्राक्टिस हो। 

मतपरिणामले व्हिप जारी गरेर कसैलाई जिताए, कसैलाई हराए पनि पराजितहरुको मतपरिणाम हेर्दा पत्रकार मतदाहरु दलीय गठबन्धन चाहँदैनन भन्ने प्रष्ट देखियो। अहिलेको नेपालको गठबन्धन सरकार ढल्ने पक्का नै छ। त्यसपछि महासंघका सक्कली लडाइ देखिने छ। त्यो बेला एमाले र कांग्रेसले मिलेर व्हिपजारी गर्लान त ?

यसरी दलले हराए नेपाली पत्रकर र दलले जिताए नेपाली पत्रकार। स्वार्थकै लागि कोहि जिताइयो कोहि हराइयो। यी सबैको परिणाम चाहिं संघमा दलीय हस्तक्षेप भयो, संघ मुर्छा पर्यो।
निर्वाचनको परिणम तलको लिंकमा

https://acrobat.adobe.com/id/urn:aaid:sc:VA6C2:766f4542-1a43-4b47-8446-d7f93fac1f14