Headlines

गठबन्धन पुरानै, देउबा प्रधानमन्त्री, कांग्रेसको एकल क्याबिने, एमाले भुक्का हुँदै

कृष्ण के सी, डिसेम्बर १५, २०२४

प्रजातान्त्रिक बिधिको बिरुद्ध संसदमा रहेका दुइ ठुला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी-एमालेको गठबन्धनले बनेको वर्तमान सरकार ढल्ने अभ्यास भैसकेको पक्का खबर आएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको नेतृत्वमा यस अघिकै गठबन्धनको सरकार हुने भएको छ भने नयाँ गठबन्धनमा कांग्रेसको एकलको क्याबिनेट हुने र नेकपा एमाले भने भुक्का हुने खबर पक्का छ।

यो कांग्रेस र एमाले बीचको वर्तमान गठबन्धनले नेपालको लोकतान्त्रिक शासनप्रतिको प्रतिबद्धताप्रति गम्भीर चासो पनि बढाएको छ। संसदमा दुई ठूला राजनीतिक दलहरू मिलेर बनेको यो गठबन्धनले लोकतान्त्रिक मूल्यमान्यतालाई कमजोर बनाउने र राजनीतिक अस्थिरतालाई झन् बढाउँदै लागेको, भ्रष्टाचार बढाएको, बिश्वबिधालय जस्ता ठाउँमा गन्दे राजनीत गरेको, भेदभाव पूर्ण काम गरेको, देश झन् गरिवी तिर जाने खतरा दिनानुदीन बढ्दै गएको छ।

एमालेका अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओली पछिल्लो समय व्यापक रूपमा अलोकप्रिय हुँदै गएका छन्। उनका भ्रष्टाचार र कुशाशनको प्रभावले गठबन्धन दल मात्र होइन आफ्नै पार्टीभित्र पनि आलोचनाको सामना गरिरहेका छन्। 

यति मात्र होइन विवाद र नीतिगत असफलताले चिनिने उनको नेतृत्व शैलीले उनको पार्टी र प्रशासनप्रतिको विश्वासलाई कमजोर बनाएको छ। विद्वानबर्ग, शहरी मतदाता र नेपाल बाहिरका नेपालीले एमालेलाइ पत्याउने छाडे भन्ने कुराको निर्क्योल त एमाले पार्टीको बैठकले नै गरेको छ। 

गठबन्धनले नागरिकका काम गर्न सकेन, देश गंभिर आर्थिक संकटतिर गएको छ। यी गम्भीर विषयलाई सम्बोधन नगरी अघि बढेको सरकरले कुनै नतिजा दिन सकेन भन्ने कुरा त सरकाले नै बताएको छ। उसमाथि स्थानीय रुपभा भएको उप-चुनावको नतिजाले अपेक्षाहरू पूरा गर्न सकेन। मतदाताको भावनाले कांग्रेस र नेकपा एमाले दुवैमा निराशा देखाएको छ। 

आफ्नो स्वार्थ पुरा गर्न नयाँ उदीयमान पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाइ दबाउन बनेको यो सरकारले सो पार्टीका सभापति रवि लामिछानेलाइ हानिएको अश्त्रले गठबन्धनले उल्टा घाटा बेहोर्नुपरेको छ।  हालको गठबन्धनले राजनैतिक ब्यबस्थाले सुशासनका लागि स्पष्ट दृष्टिकोणको दिन सकेको छैन। नागरिकले खुलेआम एमाले-कांग्रेस मुर्दाबाद मात्र होइन नामै लिएर मरिजा भन्न थाले, शंख फुक्न थालेको भिडियो फेसबुकतिर देख्न सकिन्छ।

अहिलेको सरकारले प्रस्ताव गरेका राजनीतिक योजनाहरूले अपेक्षित प्रभाव पारेको छैन। जसले गर्दा यी दलहरूप्रति जनताको विश्वासमा ह्रास आएको छ। थप रूपमा कांग्रस महामन्त्री गगन थापा जस्ता हावादारी गफाडीले गर्दा कांग्रेस पार्टीले नै ट्रोल बेहोर्नुपरेको छ। यति मात्र होइन पाटी भित्रको विभाजनलाई हाइलाइट गर्दै लागेको छ। बृहत् कांग्रेस नेतृत्वको सट्टा नेकपा-एमालेसँग गठबन्धन गर्ने कामले कांग्रेसले हुनसम्म घाट बेहोरेको छ।

कांग्रेस नेता डा. शेखर कोइराला, डा. सुनिल शर्मा जस्ता नेता र डा. कोइरालाको गुटले अहिलेको गठबन्धनको विरोध गर्दै आएको छ। आन्तरिक र बाह्य दुवै रुपमा आवाज बुलन्द गर्दै गएको छ। यसैबीच शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने महत्वाकांक्षाले सत्तारुढ गठबन्धनभित्र विभाजनलाई बढावा दिइरहेको प्रष्ट नै छ।

यस बाहेक, अन्तर्राष्ट्रिय रुपमा नेपाली राजनीतिलाइ मुख्य चासो राख्ने देशहरु चीन बाहेक अमेरिका, भारत, बेलायत, युरोप लगायत सबै प्राजातान्त्रिक देशहरुले कांग्रेसले सरकारलाई स्थायित्व कायम गर्न र लोकतान्त्रिक मूल्यमान्यता कायम गर्न नेतृत्व गर्नुपर्छ भन्ने विश्वास गर्छन्।

विश्वास र लोकतान्त्रिक प्रगति सुनिश्चित गर्न नेपाललाई समावेशीता, पारदर्शिता र जवाफदेहितामा आधारित सरकार चाहिन्छ भन्ने कुरा दलभित्र र बाहिरबाट आउन लागको छ। यसर्थ यो नेकपा–एमालेको साझेदारी अगाडि बढ्ने बाटो बन्दै हुँदै गएको हो। लोकतान्त्रिक सिद्धान्तहरूमा विश्वास पुनर्स्थापित गर्न र स्थिर राजनीतिक वातावरण सिर्जना गर्न, सुधार र नयाँ नेतृत्वको रणनीतिहरू तत्काल आवश्यक भन्दै सरकार बदलीको अभ्यास सुरु भैसकेको छ। अब बन्ने सरकार पुरानै नेकपा माओवादी, नेकपा एस र रास्वपा लगायतको समर्थनमा बन्ने तर क्याबिनेट चाहिं कांग्रेस एक्लैको बन्ने भनिएको छ।