भगवान श्रीकृष्ण:सबैले जानेकै कुरा

-श्रीकृष्णा मन्दीर, पाटन, ललितपुर, नेपाल

कृष्ण के सी, अमेरिका, अगष्ट २६, २०२४

भगवान श्रीकृष्णबारे हामी सबैले धेरै, थोर सुनेकै हो। हामी मध्ये धेरैले भगवान श्रीकृष्णको पुजा र आराधना पनि गरेका छौं। आज कृष्णाष्टामी अर्थात भगवान श्रीकृष्णाको जन्मको शुभ उपलक्षमा उनै भगवान श्रीकृष्णका बारेमा केहि थप्ने प्रयास गरिएको छ। 

भगवान श्रीकृष्णको जन्म भाद्र कृष्णपक्ष अष्टमी तिथि, रोहिणी नक्षत्रमा रातको १२ बजे भएको मानिन्छ। उनी देवकी र वासुदेवका आठौँ सन्तान थिए तर उनको पालन पोषण चाहिं यशोदा र नंदा बाबाले गरेका थिए।

भगवान श्रीकृष्णका १० फरक अवतार छन्। हरेक अवातामा उनका फरक फरक गरी १० नाम रहेका छन्। १. मत्स्य २. कूर्म ३. वराह ४. नरसिंह ५.वामन ६.परशुराम ७.राम ८.कृष्ण ९.वेंकटेश्वर १०.कल्कि रहेका छन्।

शास्त्र अनुसार उनका आठ जीवनसाथीहरु थिए। १. राधा २. रुक्मिणी ३. सत्यभामा ४. जांबवती ५. नग्नजित्ती ६. लक्ष्मणा ७. कालिंदी ८. भद्रा  रहेको बताइन्छ। उनका दाइ बलराम र एक बहिनी सुभद्रा रहेको कुरा भागवत पुराणमा उल्लेख गरिएको छ।

सबैलाई थाहा छ श्रीकृष्ण हिन्दू धर्मका भगवान हुन्। उनका अन्य कनैया, माधव, श्याम, गोपाल, केशव, द्वारकेश, द्वारकाधीश, वासुदेव इत्यादी रहेका छन्। श्रीकृष्ण कर्मयोगी, आदर्श, दार्शनिक, प्राज्ञ एवं दैवी संपदाका सुसज्जित महान पुरुष मानिन्छन। भगवान श्रीकृष्णको सबैभन्दा धेरै चर्चा चाहिं महाभारतको पाण्डव र कौरव युद्धमा रहेको छ। त्यसैगरी उनको चर्चा र उपदेश चाहीं गीतमा पाइन्छ।

Comments
Related News
Latest Post