रास्वपा नेता शाह संसदमा मेजोरिटी लिडर सर्व-सम्मत, प्रधानमन्त्रीको लागि सिफारिस

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र ‘बालेन’ शाह संसदको मेजोरिटी लिडरमा सर्व सम्मत निर्वाचित भएका छन्। बिहिबार चैत्र १२, २०८२ का दिन पार्टीको मुख्यालय घन्टीघरमा बसेको बैठकले सो निर्वाचन गरेको हो। 

रास्वपाका प्रवक्ता तथा सांसद मनिष झाका अनुसार पार्टी कार्यालयमा बसेको पार्टीको केन्द्रीय समिति, संसदीय दलको संयुक्त बैठकले शाहलाइ संसदीय दलको नेता चयन गरेर आगामी सरकारको प्रधानमन्त्रीको लागि दलबाट सिफारिस गरेको छ। 

बैठकमा पार्टी सभापति रवि लामिछानेले बरिष्ठ नेता बलेन शाहलाइ दलनेताको लागि चयन गर्न प्रस्ताव राखेका थिए। सो प्रस्तावलाइ सर्वसम्मत रुपमा पारित गरिएको थियो। अब शाहले मेजोरिटी नेताको रुपमा प्रधानमन्त्री बन्न बाटो खुलेको छ। तुरुन्तै रास्वपाले राष्ट्रपतिलाई यससम्बन्धी जानकारी सिफारिस गर्ने भएको छ।