डायस्पोरा नेपालीका मुद्धा:रास्वपा बाहेक कांग्रेस, एमाले र नेकपाले वास्ता गरेनन

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेक नेपाली कांग्रेस (नेकां), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फाल्गुन २१ को निर्वाचन घोषणा पत्रमा डायस्पोरा नेपाली मुद्धालाइ स्थान दिएनन, वास्ता गरेनन।

उपरोक्त चार मुख्य दलहरुले सार्वजनिक गरेका फाल्गुन २१ को निर्वाचन घोषणा पत्रहरुको अध्ययन गर्दा रास्वपा वाहेक नेकां, एमाले र नेकपाले नेपालको कुल जनसंख्याको एक तिहाइ जनसंख्यालाइ बेवास्ता गरेको पाइयो। रास्वपा बाहेक अन्य तीन दलहरुले कुनै पनि बुंदामा विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशी जसलाई डायस्पोरा नेपाली भन्ने एक शब्दले संबोधन गर्ने सकिन्छ, उनीहरुलाइ समेटेको या उनीहरुलाइ उल्लेख गरेको पाइएन।

डायस्पोरा नेपालीका खासगरी तीनवटा मुख्य मुद्धा छन्। त्यसलाई नेपालको संबिधानले समेत ब्यबस्था गरेता पनि एमाले, कांग्रेस र नेकपाले लत्याउँदै आएका थिए। अहिले पनि त्यसैलाई निरन्तरता दिए, प्राथमिकता त कुरै छाडौं स्थान नै दिएनन।

रास्वपाले उसको निर्वाचन बाचापत्रमा डायस्पोरा नेपालीको मताधिकारलाइ संबोधन गरेको छ। बैदेशिक रोजगारीको विकल्प हेर्ने, फर्केका नेपालको सहज जीवन होस् भनेर निश्चित बचत ब्यबस्था जस्ता कुरा उठाएको छ। तर उसले पनि गैर आवासीय नेपाली नागरिकतालाइ छुटाएको छ।

एउटा कुरा त यी तीन दलले डायस्पोरा नेपालीलाइ रास्वपाका समर्थक भन्ने आरोप लगाउने गरेका छन् अर्कोतिर आफ्नो दलबाट संबोधन चाहिं गर्दैनन। एमाले अध्यक्ष ओलीले त बारंबार यसको विपक्षमा नै बोलेका छन। उनि भएसम्म एमाले डायस्पोरा नेपालीको बिरोधी नै हुनेभयो।

डायस्पोरा नेपालीकाबारे सबै भन्दा अनुदार र रोकावट ल्याउने एमाले हो। त्यसैकै जोडिदार भएर अहिले गगन कांग्रेस निस्केका छन। पछिल्लो समय गगन कांग्रेस र ओली एमालेको चुच्चो मिलेको छ। त्यसैले यी दुइ दलले कदापी पनि यो मुद्धा उठाउने वाला छैनन। गगन कांग्रेसले बिशेष महाधिवेशन गर्दा खर्च-पानी र समर्थन पाउन एजेण्डामा एसो टोपलेको थियो। त्यसबाट कतै झिनो आशा पलाएको पनि थियो। तर अहिले गगनको ऐतिहासिक धोकेवाजीको चरित्र फेरि चरितार्थ भयो। 

जनार्दन शर्मा हुँदासम्म नेकपा माओवादीले डायस्पोरा नेपालीका मुद्धा उठाएको थियो। तर अहिले जनार्दन शर्मा माओवादीमा छैनन। उनि नयाँ दलमा छन् अनि माओवादीबाट बनेको नेकपाले पनि डायस्पोरा नेपालीका एजेन्डा छोड्यो। तर जनार्दन शर्मा र डा. बाबुराम भट्टराईले भने यो बिषयमा उल्लेख गरेका छन। 

सम्पर्क गर्दा रास्वपाका नेताहरुले डायस्पोरा नेपालीका नागरिकता र अधिकारका बिषयमा केहि अध्ययन गरेर निर्वाचन पछि आफ्नो सरकारको प्राथमिकतामा राख्ने कुरा गरे। तर अन्य दलले त्यो अहिलेको आवश्यकता नभएको बताए। भने गगन-कांग्रेसले डायस्पोरा नेपालीहरुले रास्वपालाइ समर्थन गरेकाले हटाएको जवाफ दिए।

तर डायस्पोरा नेपालीमा सबैभन्दा धेरै मतदाता क्रमश: नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको नै छ। उनीहरुले बेवास्ता गरेपछि त्यो समर्थनको हिस्सा स्वत रुपमा रास्वपा तर्फ मोडिएको हो। उसो त रास्वपाले डायस्पोरा नेपालीको लागि एउटा छुट्टै समिति नै बनाएको छ। बाँकी दलका भात्रीसंस्था मात्र छन् तर एजेन्डा छैनन।

डायस्पोरा नेपलीलाइ ठुलो प्रश्न- अब एमाले, गगन कांग्रेस र नेकपालाइ मतको समर्थन दिने र आर्थिक र अन्य सपोर्ट गर्नु आवस्श्यक भयो? जब आवश्यक ठाउँमा नै एजेन्डा पर्दैन भने भाषणले के अर्थ राख्छ ?