खासमा नेपाली राजनीतिमा आफू भन्दा अर्को उम्दा नेता मान्ने चलन पटक्कै छैन। त्यसमा पनि आफ्नै दलमा आफ्नो संभावना हुँदा-हुँदै टपक्क सफल नेता छानेर भावी प्रधानमन्त्रीको प्रस्ताव गर्न सक्ने अनि आफू जुनसुकै कठिनाइ सामना गर्न सक्ने क्षमता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देखाएका छन्।
रास्वपाद्वारा जनकपुरधाममा आयोजित चुनावी सभालाई सभापति रवि लामिछानेले भने, अब आफूमाथि सरकारले जस्तोसुकै मुद्दा लगाए पनि अब चिन्ता छैन किनकी देशले बालेन पाएकाले छ। सोमबार जनकपुरधाममा आयोजित रास्वपाको जनसभालाई सम्बोधन गर्दै लामिछानेले उक्त कुरा बताएका हुन्।
उनले तिको रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाइ भने, ‘कुनै दिन अपदस्थ भएर हेलिकप्टर चढेर भागेको सरकारले, बच्चालाई टाउको र छातीमा ताकेर गोली हानेको सरकारले ममाथि लगाएको मुद्दा मलाई कुनै पनि दिन जेल पुर्याउला मलाई अब चिन्ता छैन किनकि देशले बालेन पाएको छ।’
मधेस र सुदुर पश्चिममा कम्जोर रहेको भनिएको रास्वपा यो पटक राष्ट्रव्यापी भएको छ। अबको ठुलो दल यो नै हुने कुरामा पुरन्जन आचार्य सहित सबैजसो राजनैतिक विश्लेषकहरुले बताएका छन।
