राष्ट्रपति पौडेलबाट संसद बिघटनपछि पूर्वप्रधानन्यायधीस कार्कीलाई प्रधानमन्त्री नियुक्त

Group of Nepalese political leaders in formal attire standing in a room with a mountain painting in the background.
Spread the love

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा उत्पन्न असाधारण परिस्थितिका कारण वर्तमान संसद बिघटन गरेपछि पूर्वप्रधानन्यायाधीस सुशिला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्ने गरी प्रधानमन्त्री पदमा नियुक्त गरेका छन्।

प्रधानमन्त्री कार्की नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायधीस भएकी थिइन भने इतिहासमै पहिलो पटक महिल्ला प्रधानमन्त्री पनि भएकी छन्। नेपालको इतिहासमा यस्तो न पहिला भएको थियो न अब नै होला। 

राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, राजनीतिक दल र सरोकारवालाहरूसँगको व्यापक परामर्शपछि नेपालको संविधानको धारा ७६ को उपधारा (६) अनुसार अन्तरिम सरकार गठन गरिएको हो। राष्ट्रपतिको हैसियतले प्रधानमन्त्रीको सिफारिस र संवैधानिक प्रावधान अनुसार प्रतिनिधि सभाको अर्को निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख छ।

यसअघि शुक्रबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए। राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ७६ को उपधारा (६) अनुसार गठित यस अन्तरिम सरकारको प्रमुख दायित्व संविधानको पालना, संरक्षण तथा राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने हुनेछ।

गत सेप्टेम्बर ८, २०२५ देखि जेनजी समुहद्वाराआयोजित आन्दोलनले २७ घण्टामा नै तत्कालिन कम्युनिष्ट नेतृत्वको सरकारलाइ हटाउन सफल भएको थियो। भलै त्यसमा ठुलो आगजानी, तोड्फ़ोट, हातपात पनि भएको थियो। ५० भन्दा धेरै प्रदर्शनकारीहरुले ज्यान पनि गुमाए। आन्दोलन जनजीहरुको आयोजनाभा भएता पनि लुट-पाट र विध्वंसमा भने अन्य गुटहरुको संलग्नता रहेको देखियो।