सेप्टेम्बर १० बुधबार अमेरिकी मार्केटले केहि समयको लागि संसारका सबैभन्दा धनाढ्य इलन मस्क लाइ ल्यारी एलिसनले ओभरटेक गरे। तर पछिल्लो समय आउँदा मस्ककै मार्केट बलियो भयो। सुरुमा ओराकलका सह-संस्थापक ल्यारी एलिसनले मस्कलाइ उछिनेर विश्वको सबैभन्दा धनी व्यक्तिको उपाधि पाएका थिए तर पछि मस्ककै मार्केटले उछिन्यो र मस्क नै धनाढ्यमा कायम रहे।
ब्लूमबर्गका अनुसार मस्कको मार्केट भ्यालु $८९ अर्बले बढेर $३८३.२ अर्ब पुगेको छ। ओराकल (ओआरसीएल) पछिल्लो समय एआइ प्रडक्शनमा र क्लाउड सेभिङ्ग, सफ्टवेर प्रडक्शन र सेलमा उच्च स्थानमा छ। अमेरिकी स्टक मार्केटमा ओराकलको स्टक लगभग $२४४ बिलियनले बढेर लगभग $९२२ बिलियन पुगेको छ।
