ललितपुर,भ्रष्टाचारविरुद्ध देशभर सुरु भएको GEN Z प्रोटेस्टलाई ललितपुरका स्थानीयले पनि साथ दिएका छन्। ललितपुरको ठैब, चापागाउँ, भैँसेपाटी, लुभुलगायतका क्षेत्रमा स्थानीय बासिन्दाले सडक अवरुद्ध गर्दै आन्दोलनप्रति समर्थन जनाएका छन्।
हिजो सुरु भएको आन्दोलनमा देशभर करिब २० जना युवाले ज्यान गुमाएका थिए। सो घटनाप्रति आक्रोशित स्थानीयहरूले “युवा मार्न पाइदैन”, “सामन्ती सरकार चाहिँदैन” जस्ता नारा लगाउँदै प्रदर्शन गरेका छन्।
आन्दोलनले राजधानीका विभिन्न स्थानमा यातायात अवरुद्ध गराएको छ भने बजार गतिविधि पनि प्रभावित बनेको छ। भ्रष्टाचारविरुद्ध उठेको यो जेन जी आन्दोलन आज पनि कायमै रहेको जेन जी आन्दोलनका अभियान्ताले बताएका छन्।
