राजनैतिक प्रतिसोधले नपुगेर उपसभामुख रानाको लागि ढुसी परेको निहुँ खोजे देउबा र ओलीले

Spread the love

नेपाली राजनीतिमा नेपाली कांग्रेस र नेकपा एमाले कति हदसम्मको सिमा तोड्छन भन्ने कुरा त बिगत तीन बर्षको राजनैतिक प्रतिसोध, बायस र तिकडमले नपुगेर मनोनयमा एकापक्ष बनाउन ढुसी परेका झिनामसिना कुरालाइ मुख्य मुद्धा बनाउँदै छन कांग्रेस सभापति देउबा र एमाले अध्यक्ष केपी शर्मा ओली। 

पहिला राजदूताबासलाइ लेखेको पत्रका कारण उपसभामुख इन्दिरा रानामगरलाइ पदबाट हटाउने कुरा उठाए। त्यो कुराको कांग्रेसकै नेताहरुले बिरोध गरे। बिशेष गरेर डा. शेखर कोइरालाईले। अनि अहिले आएर उपसभामुखले रानामगर विदेश भ्रमण गरेको कुरामा अड्केका छन्। 

तर पनि हरेक पटक असफल भएका छन् कांग्रेस-एमालेहरु। अन्तत सभापति देउबाले नेता डा. शेखर कोइरालालाइ नै बोलाएर सल्लाह मागे। अझै पनि राजनैतिक तुष र भेदभावको सड्यन्त्र पुरा भएको छैन उनीहरु मुद्धा खोज्नमा नै तल्लिन छन्। 

अब कुरा डा. कोइरालामा पुगेर रोकिएको छ। देउबाले आफूलाइ चोखो देखाएर डा. कोइरालालाइ मुछेर लान खोज्दैछन्। यति सारो गरेर कसलाई नियुक्ति दिनुपरेको हो ? त्यसका देउबा र ओलीको के स्वार्थ छ ? त्यो पनि न्यायाशी नियुक्तिमा ? निष्पक्ष गरेर जसले पनि सपोर्ट गरिनै हाल्छन नि ? तुष त देखियो नै। 

यहाँ स्पष्ट रुपमा काँग्रेस-एमालेको फट्याइ फेरि उदाङ्ग भएको छ। यदि उपसभामुख रानामगरको विदेश भ्रमणका समय आप्तात्ति नभएको हो भने अहिले आउँदा आपत्ति किन हुनुपर्ने ?  यो अतिरन्जित भएन र ? 

अब यतिले नपुगेर उपसभामुख रानामगरको संलग्नता रहेको संस्थामा बालमन्दिरबाट पठाइएका ५ बालबालिकाबारे गृहमन्त्री रमेश लेखकले मुद्धा उठाउन प्रहरी खटाएका छन्। यो पनि कतिदिन टिक्ला ? गृहमन्त्री लेखकले प्रधानमन्त्री ओलीको लहै-लहैमा लागेर काँग्रेसलाइ बद्नाम बनाउदै लागेका छन्। फेरी अर्को पटक कांग्रेस फ्लप हुने पक्का छ।