जेनेस सलुशनद्वारा आयोजित डिजिटल ट्रान्सफर्मेसन सेमिनार

Spread the love

काठमाडौं -नेपालको वित्तीय सेवा क्षेत्रका अगुवाहरुले  काठमाडौंमा भेला भई नेपालको डिजिटल आधुनिकीकरणतर्फको यात्राबारे छलफल गरेका छन्।

युकेमा मुख्यालय भएको  आईटी परामर्श  कन्सल्टिङ र साइबरसिक्युरिटी कम्पनी,  जेनेस सलुशन, द्वारा आयोजित सेमिनारमा नेपालका प्रमुख बैंक, वित्त, बीमा र पुँजी बजारसंग सम्बन्धित संस्थाका  १०० भन्दा बढी सीइओ, सीआइएसओ, सीटीओ तथा सरकारी अधिकारीहरु सहभागी भएका थिए।

“सेक्योर द शिफ्ट:  ड्राइभिङ्ग डिजिटल ट्रांस्फर्मेशन विथ क्लाउड माइग्रेशन एण्ड साइबर रेजिलिएन्स फर बीएफआइज”  शीर्षकमा आयोजित सेमिनारमा  बैंक तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ताहरु, प्रविधि विशेषज्ञ तथा नियामकहरुलाई एकै ठाउँमा ल्याएर डिजिटल टरुपान्तरणका अवसर तथा चुनौतीहरु बारे छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल लगानी बोर्डका प्रमुख कर्यकारी  अधिकृत, सुशील ज्ञवाली, ले नेपाल सरकारले  ‘डिजिटल नेपाल’ फ्रेमवर्क नीतिलाई कार्यान्वयन गर्दै गएको उल्लेख गरे। उनले नेपालमा सूचना तथा सञ्चार प्रविधि (आइसीटी)  क्षेत्रमा वैदेशिक लगानी सहज बनाउन लगानी बोर्डले कुनै कसर बाँकी नराख्ने बताए।डिजिटल नव प्रवर्तन र अभ्यासमा नेपाल सरकारको तुलनामा   नेपालको बैंकिंग क्षेत्र निकै अगाडी रहेको बताए।  उनले यस बाट बैंक हरु प्रति जनतामा विश्वास  पारदर्शिता सिर्जना गरेको बताउंदै उनले पूर्वाधारको विकास गरी  जनस्तरमा  चेतना जगाउन आवश्यक रहेको बताए।

ज्ञवालीले  सरकारले डिजिटल नेपाल फ्रेमवर्क लागू गरे पनि  संसार जुन गतिमा अगाडी बढी रहेको छ, त्यो गति नापक्ड़ने हो भने थप पछि पर्ने स्थिति आउने बताए ।  उनले नेपाल मा सूचना प्रविधि (आइटी  पार्क) स्थापना गर्नका लागि प्रस्तावहरु  आइ रहेको जनाउँदै  नेपाल संग रहेको दक्ष जनशक्ति, स्वच्छ उर्जा र  भौगोलिक अवस्थितिका कारण पनि नेपाल सूचना प्रविधिको हब बन्न सक्ने अवस्था रहेको जनाए ।

उनले ग्लोबल आइटी कम्पनीहरुलाई नेपालमै ल्याएर रोजगारी सिर्जना गर्न सक्ने वातावरण बनाउन  सहकार्य गर्न सबैलाई आग्रह गरे। जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत  अञ्जनी फुयाँलले नेपालका  बैंक तथा वित्तीय संस्थाहरुका  लागि  क्लाउड प्रविधि अपनाउनु एउटा विकल्प मात्रै  नभई आवश्यकता भै सकेको बताए।

“साइबर रेजिलियन्स एउटा संस्कृति हो, केवल कम्प्लायन्स चेकलिस्ट मात्र होइन। हाम्रा लागि यो समाधान मात्रै होइन, डिजिटल विकास  नै अब विकासको नयाँ आधारशिला बनेको छ,” उनले भने। कार्यक्रममा क्लाउड माइग्रेशन, साइबर रेजिलियन्स, ग्राहक संलग्नता र नियामक दृष्टिकोणमा केन्द्रित सत्रहरु, प्यानल छलफल र नेटवर्किङ अवसरहरु समावेश थिए।

उद्घाटन मन्तव्यमा जेनेस सलुशनको इन्जिनियरिंग विभागका उपाध्यक्ष  विष्णु सुवेदीले कार्यक्रमका उद्देश्यहरुबारे  प्रष्ट्याउँदै सबै सहभागीहरुलाई स्वागत गरे। जेन एआइ युगमा ग्राहक संचार विषयमा प्रस्तुति दिंदै  जेनेस सलुशनका कैलाश बडुले नेपालका बैंकिंग तथा वित्तीय क्षेत्रमा गम्प  केस प्रयोगसहित वैयक्तिकरण  र अटोमेशनबारे प्रकाश पारे।

जेनेसका ग्लोबल प्रमुख प्रविधि अधिकृत तथा प्रमुख सूचना सुरक्षा अधिकृत निरञ्जन कुँवर र सम्पन्ना श्रेष्ठले आइएसओ २७००१  का उत्कृष्ट अभ्यास र नेपालको बैंक तथा वित्तीय संस्थाका लागि सिकाइबारे प्रस्तुति दिए।

‘ड्राइभिङ्ग सेक्योर डिजिटल एभल्युशन’ सत्रमा अञ्जनी फुयाँल, विष्णु सुवेदी, कैलाश बडु र  सम्पन्ना श्रेष्ठले डिजिटल आधुनिकीकरण, सुरक्षा र ग्राहक विश्वासबारे छलफल गरे। त्यस्तै अञ्जनी फुयाँलले  डिजिटल आधुनिकीकरण, कम्प्लायन्स र दिगो वृद्धिका रणनीतिहरुबारे  प्रस्तुति गरे।

नियामकको निकायको तर्फबाट नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितले डिजिटल ट्रान्सफर्मेसनमा केन्द्रीय बैंकको नीति तथा अनुगमनबारे प्रस्ट्याए। उक्त सेमिनारले नेपालको बैंकिंग तथा वित्त क्षेत्रका अगुवाहरुलाई  ज्ञान साटासाट गर्न, चुनौतीहरु सम्बोधन गर्न र सुरक्षित तथा नवीन मार्गहरु खोज्न एक प्लेटफर्म उपलब्ध गराएको जेनेश सलुशनले जनाएको छ।