कांग्रेस प्रवक्ता डा. महतले प्रस्ताव गरे: विदेशीलाइ पनि सरकारी सेवा दिनुपर्छ

Spread the love

नेपाली कांग्रेसका प्रवक्ता, सांसद तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली मुलका विदेशी नागरिकलाई पनि नेपालको सरकारी सेवामा नियुक्ति दिन प्रस्ताव गरेका छन्। 

संघीय संसद्को अर्थ समितिमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धीमा बन्दै गरेको विधेयकमाथिको छलफलमा बोल्दै उनले विदेशमा पनि विदेशीहरूले नै कम्पनीहरूको नेतृत्व गर्ने गरेका छन्। त्यसबाट ती कम्पनीहरू सबल हुनेगरेका छन्। अब नेपालमा अनेक बहानामा नेपाली मुलका विदेशीहरू सहित त्यहाँ रहेका नेपालीहरूलाई बन्देज लगाउन खोजिनु उचित होइन। 

यति मात्र होइन उनले विदेशी नागरिक वा पिआर लिएर विदेशमा बसेको नेपालीहरुलाइ अब नेपालमै आएर नेतृत्व सम्हाल्न खोज्छ भने त्यस्तालाई सरकारले नियुक्ति गर्नुपर्ने प्रस्ताव गरेका छन्। वित्त कोषको सीईओको सवालमा ग्रिन कार्ड लिएको, नलिएको, विदेशी नागरिक हो वा होइन त्यो पनि हेर्नुहुँदैन। नेपाली पनि हुनसक्छ, विदेशमा बसेको ग्रिन कार्ड होल्डर पनि हुनसक्छ त्यस्ता सबैलाई स्विकार्न उनले प्रस्ताव गरेका छन्।