Headlines

रबि लामिछानेलाइ पुर्न खाल्डो खन्नेहरु आफैं पुरिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजावादीहरुको प्रदर्शनमा जनताको उल्लेख्य उपस्थिति हुनुको कारणबारे दुई तिहाईको सरकारले जवाफ दिनुपर्ने बताएका छन्। सहकारीको बचत अपचलन मुद्धाको सुनुवाइका लागि सोमबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका लामछिानेले सञ्चारकर्मीसँग कुरा गर्दै राजावादीको जुलुसमा जनता सहभागी हुनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने बताए।

उनले राजावादी आन्दोलनमा सहभागी भएकाहरु पनि जनता नै भएकाले उनीहरुबारे केही नबोल्ने उल्लेख गरे । लामिछानेले आफू केही समय मौन रहेको भन्दै अब बोल्ने समय आएको बताए । आफूहरुले सात महिनाअघि सरकार छाड्नुअघि अघि बढाएका विभिन्न भ्रष्टाचार प्रकरणको अनुसन्धान वर्तमान सरकारले रोकेको आरोप लामिछानेले लगाए ।

हामीले भ्रष्टाचारविरुद्ध ठूलै अभियान सुरु गरेका थियौं। धेरै फाइल ओपन गरेका थियौं । सात महिनामा ती सबै बन्द भए भन्ने सुनेको छु’, उनले भने, ‘अहिले जे भइरहेको छ त्यसको जिम्मेवारी दुई तिहाइको सरकारले नै लिनुपर्छ। उनले केही समयपछि आफूले विस्तृतमा आफ्ना कुरा सार्वजनिक गर्ने जानकारी दिए । लामिछानेले सत्तानिकटका व्यक्तिहरुलाई विभिन्न प्रकरणमा छानीछानी जोगाएको र विपक्षीमाथि प्रतिशोध साँधिएको आरोप लगाए ।

लामिछानेले आफूलाई छलकपट गरेर संसदमा जान रोके पनि आफ्ना दलका सांसदहरुले जनताको आवाज बोलिरहेको उल्लेख गरे । फरक प्रसंगमा उनले आफूलाई पर्न भनेर खनिएको खाल्डोमा सत्तारुढ काँग्रेस र एमालेका नेताहरु जाकिने दाबी गरे। मलाई पुर्न भनेर जुन खाल्डो खनेका छन्। सानो खाल्डो त भए म मात्रै पुरिन्थेँ । तर, यति ठूलो खाल्डो खनियो कि यी सबै त्यसमा जाकिन्छन्, उनले भने।

Leave a Reply