Headlines

धर्मसंकट भनेको के होला ?

कृष्ण के सी, अमेरिका, मार्च ७, २०२५

यो मान्छेको सोचमा पनि कहिले काहीं अचम्मको अवस्था आउने रहेछ। हामी सबैले जानेकै र सुनेकै शब्द हुन्छन तर त्यसको ब्याख्या र अर्थ खोज्न लागियो भने एकछिन पसिना नै छुट्छ। एक दिन मेरो मनमा एउटा प्रश्न उठ्यो यो “धर्मसंकट” भनेको के होला?

धर्मसंकट सुनेकै र धेरै पटक प्रयोग गरिएको शब्द हो। शाब्दिक अर्थमा कुनै पनि धर्म संकटमा पर्नु धर्मसंकट हो। अझै र धेरै गहिरिएर सोच्च्दा धर्म जसलाइ हामी अरुको भलो गर्नु भनेर बुझ्दछौं। धर्ममा संकट अर्थात यदि कसैको भलो या लोकको भलो गर्ने काम र कुरामा संकट आयो भने त्यो अवस्था धर्मसंकटको हो।

करिब १० बर्ष जति पहिला हो। मलाइ त्यो पर्शन उब्जियो धर्मसंकट शब्दको खासै अर्थ अर्थिएको थिएन। मैले फेसबुकमा जवाफ पाउनको लागि पोष्ट गरेको थिए। त्यो समय पोखरा, अहिले जापान बस्ने एकजना बहिनीले धर्मसंकटको अर्थ कमेन्टमा सहज रुपमा लेखिदिनुभयो। त्यहि कुरालाई अलिकति थपेर यहाँ लेखन बनाएको छु। उहाँको स्वीकृति पाइभएमा म उहाँको नाम यो लेखमा थप्न इच्छित छु।

“कहिले काहीं हामी मन अथवा इच्छाले भनेको कुरा नगर्न बाध्य हुन्छौं। तर पनि मनले भने इच्छाएको कुरा नै ठीक छ भनिरहन्छ। अर्थात कुनै गलत कुरालाइ नमान्दा नमान्दै पनि या कुनै अनिच्छाको कुरालाई बाध्य भएर दिशा-बदल्न या शब्दान्तर गरिएको अवस्था हुन्छ। यस्तो बेला मनलाई मानौं कि दवावलाइ मानौं भन्ने दोधारमा भइरहन्छ। यहि इच्छा र दबाब बिचको अन्तर लडाइ नै धर्म संकट हो।”

मन अचम्मको हुन्छ, दबाब जतिसुकै र जस्तो नै किन नहोस इच्छाएको कुराले जितोस भनिरहन्छ। यसलाई हिरोइज्म भनिन्छ। धेरैजसो समय चाहिं इच्छाएको कुरा दबाबको तुलनामा कम्जोर हुन्छ। तर पनि मनले मान्दै मान्दैन। यस्तो अवस्थामा मन र दबावबिचको लडाइमा दवाबले जित्छ।

हाम्रो मन सत्य हुन्छ। त्यसैले मन कहिल्यै पनि हार्दैन। दबाबले जित्दा पनि मेरै कारणले जितेको हो भनेर मनले गर्व गर्छ। मनले जित्ता मेरो आफ्नो मनको कुरा ठ्याक्कै भयो भनेर चौपट्टै खुशी भइन्छ। यसलाई गर्व गरेको भनिन्छ।

हाम्रो मन र यथार्थबीचको अन्तर लडाइ नै धर्म संकट रहेछ। अनि मन चाहिं जहिले पनि जसरी पनि जित्नै पर्ने खालको हुँदो रहेछ। हारेर पनि मनै जित्छ र जितेर पनि मन नै जित्छ। त्यसैले मन कहिल्यै पनि हार्दैन। धर्म संकट चाहिं एउटा परिस्थित हो, मतदान सकिएर हार-जितको पर्खाइ जस्तै#कृष्णार्पण!

Leave a Reply