गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आफ्नो वेबसाइट मा सदस्यता खुला गरेको कुरा संघका अध्यक्ष सुर्य लम्सालले जानकारी दिएका छन। साथै एनआरएनए अमेरिकाले सदस्यता बन्न र आगामी मे २०२५ मा काठमाण्डौमा हुने अन्तराष्ट्रिय महाधिवेशनमा भाग लिन समेत आग्रह गरको छ।
एनआरएनए अमेरिकाको सदस्यता नयाँ लिने, नविकरण गर्न, आजीवन सदस्यता लिन र पहिले अन्यत्र आजीवन सदस्य बनेकाहरुले पनि आफ्नो प्रमाण सहित निशुल्क सदस्यता अध्यावधिक गर्न सक्नेछ।
एनआरएनए अमेरिकाको साधारण सदस्यता शुल्क ५ डलर, आजीवन सदस्यता शुल्क ७५ डलर र पुराना आजिवन सदस्यहरुले निशुल्क अध्यावधिक गर्न सक्नेछन।
मार्च ३१ सम्म सदस्यता लिएकाहरु सबै पंजीकृत सदस्यहरु आगामी मे ३-५, २०२५ मा काठमाडौमा हुने अन्तराष्ट्रिय माहाधिवेशन र संघको राष्ट्रिय महाधिवेशनमा समेत प्रतिनिधिको लागि स्वतह योग्य हुनेछन।
एनआरएनए अमेरिकाको सदस्य मार्च ३१, २०२५ भित्र सदस्य बनि सक्नुपर्नेछ। सदस्यता https://nrnamerica.org/ मा गएर सहजै लिन सकिनेछ।
यसका साथै एनआरएनए अमेरिकाको सदस्यता लिएपछि सो प्रमाण सहित एनआरएनए उच्चस्तरीय समितिको वेबसाइट https://nrnahlc.com/ आफ्नो सदस्यता निशुल्क रुपमा अध्याधिक गर्न सक्नुहुनेछ।