UNDO नर्थ अमेरिका टाउनहल बैठक सम्पन्न
जनवरी २५, २०२५ शनिबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन/United Nepali Diaspora Organization (UNDO) का बारेमा जानकारी गराउने उद्येश्यले आयोजित नर्थ अमेरिका क्षेत्रका अमेरिका, क्यानाडा र चिलीका डायस्पोरा नेपालीहरुसँग टाउनहल बैठक सम्पन्न भएको छ।
अमेरिका क्षेत्रका क्षेत्रीय उपसभापति शशिचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न छलफलमा संस्थाबारे जानकारी गराउने, जिज्ञासाहरु लिने र जवाफ दिने अन्तरक्रिया समेत सम्पन्न भयो। २०२२ मा काठमाण्डौमा स्थापना भएको यो संस्था नेपालको परराष्ट्र मन्त्रालयमा एनआरएन ऐन अनुसार दर्ता भएको हो।
यूएनडिओ/UNDO ले गत डिसेम्बर २८ र २९, २०२४ मा आफ्नो पहिलो महाधिवेशन काठमाण्डौमा सम्पन्न गरेको थियो। महाधिवेशनले अमेरिकाका सफल ब्यबसायी तथा एनआरएनए अन्तराष्ट्रियका पूर्व उपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा नयाँ नेतृत्व समेत चयन गरेको छ।
यूएनडिओले सँस्थाका अल्पकालिन र दिर्घकालिन योजनाहरु तय गरेको छ। बिशेष गरेर नेपालको संबिधानमा ब्यबस्था भए अनुसारका गैरआवासीय नेपाली संबन्धि व्यवस्थालाई पूर्ण रुपमा अधिकार सम्पन्न बनाउन निरन्तर लवी गर्ने, डायस्पोरामा रहेका नेपालीका दोश्रो पुस्तालाई नेपालसंग जोड्न बिभिन्न योजना, गतिबिधि गर्ने र नेपालमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने जस्ता कुराहरु प्रमुख रहेका छन्।
यो छलफलमा UNDO का पदाधिकारी, सदस्यहरु, डायस्पोराका विभिन्न व्यक्तिहरु साथमा जय नेपाल इन्टरनेश्नल फाउण्डेशनका अध्यक्ष डा. यादब पण्डित, गैरआवासीय नेपाली पत्रकार महासंघका अध्यक्ष भगिरथ योगी, गैरआवासीय नेपाली संघका पूर्व डिआर्सी एसी शेर्पा, गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष सुर्य लम्साल, गैरआवासीय नेपाली संघ क्यानाडाका अध्यक्ष गिरी बुडाथोकी, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका उपाध्यक्ष अनुप खनाल, गैरआवासीय नेपाली संघ अमेरिकाका पूर्व बरिस्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, पुर्व उपाध्यक्षहरु बिआरलामा, डिलुराम पराजुली लगायतका व्यक्तिहरु उपस्थित हुनुहुन्थ्यो।