नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको डायस्पोरा नेपालीहरुको सँस्था United Nepali Diaspora Organization/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन ((UNDO/) को दोश्रो बैठक जनवरी १२, २०२५ का दिन अध्यक्ष सोनाम लामाको अध्यक्षतामा बसेर विभिन्न निणर्य गर्दै सम्पन्न भएको छ।
निर्णयहरु:
पहिलो
बैठकले सँस्थाको बिधान अनुसार प्रमुख सल्लाहकार सहित ५ महिला र ५ पुरुष रहनेगरि एक सल्लाहकर परिषदको गठन हुनेछ। त्यसै अनुसार बैठकले विभिन्न प्रतिष्ठित ब्यक्तिहरुलाइ समेटेर जमुना गुरुङ प्रमुख सल्लाहकार रहनेगरी सल्लाहकार परिषदको गठन गरेको छ। पहिलो चरणमा अध्यक्ष सोनाम लामाद्वारा प्रस्तावित १ महिला र ४ पुरुष गरी निम्न व्यक्तिहरु रहनुभएको छ। बाँकी १ पुरुष र ४ महिला सल्लाहकारहरुको मनोनयन अध्यक्षले सबैसँग सल्लाह गर्दै आगामी बैठकमा प्रस्तुत गर्नुहुनेछ।
१. सल्लाहकार – जमुना घले गुरुङ – अष्ट्रेलिया
२. सल्लाहकार- देवमान हिराचन – जापान
३. सल्लाहकार – डा. गणेश गुरुङ – नेपाल
४. सल्लाहकार – आशिष उप्रेती – नेपाल
५. सल्लाहकार – डा. पुरु श्रेष्ठ – अमेरिका/अष्ट्रेलिया
दोश्रो
बैठकले केन्द्रिय कार्यकारी सदस्यहरुमा ५ महिला र ५ पुरुष गरी १० जना मनोनित गर्ने ब्यबस्था मध्ये गत बैठकल ६ जना मनोनित गरिएको थियो। यस दोश्रो बैठकबाट बाँकी रहेका पद मध्ये ३ जनाको नाम प्रस्ताव गरिएता पनि १ महिला पद मनिनित गरिएको छ।
मनोनित केन्द्रिय कार्यकारी सदस्यहरु:
महिला तर्फ
१. सोयना ढकाल – हङकङ
तेश्रो
बाँकी क्षेत्रीय संयोजक, उपसंयोजक पदहरुमा क्षेत्रीय उपाध्यक्षको संयोजनमा तयारपारी प्रस्ताव आगामी बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको छ।
चौथो
आगामी मार्च २८, २०२५ का दिन काठ्माण्डौमा संस्थाको सम्मेलनको आयोजना गर्ने निर्णय गरिएको छ। सम्मेलन बिशेष गरेर उद्यमशीलता र गैर आवासीय नेपाली नागरिकता सम्बन्धि रहने छ।
पाँचौं
बैठकद्वारा केहि समितिहरुको गठन गरिएको छ। संयोजकहरुले आवश्यकता अनुसार समितिमा सदस्यहरु थप/घट गरेर कार्यसमितिलाइ जानकारी गराउनुहुनेछ।
CNC- गैर आवासीय नेपाली नागरिकता सम्बन्धि समिति
१. संयोजक- सोनाम लामा
२. सदस्य – प्रेमगाहा मगर
३. सदस्य – श्याम तामाङ
४. सदस्य – समृद्धी गुरुङ
५. सदस्य – कृष्ण केसी संजेल
६. सदस्य – कृष्णपसाद खतिवाडा
६. सदस्य – शमिम अन्सारी
फेडरल क्यापिटल सिटी पब्लिक अथोरिटी स्पेशल प्रोजेक्ट- समिति
१. संयोजक- जमुना गुरुङ
२. सदस्य – दिपेश खत्री
३. सदस्य – थर्क सेन
४. सदस्य – सुशान्त शर्मा