Headlines

परराष्ट्र सचिव राई र UNDO का अध्यक्ष लामाबीच भेटवार्ता

१६ जनवरी, २०२५ का दिन युनाइटेड नेपाली डायस्पोरा संगठनका अध्यक्ष सोनाम लामाले परराष्ट्र सचिव अमृत कुमार राईसंग भेट गरी निर्वाचन सहितको संगठनको प्रथम अन्तर्राष्ट्रिय महाधिवेशन तथा बार्षिक साधारण सभा १३ र १४ पौष २०८१ मा सफलतापूर्व सम्पन्न भएको जानकारी गराउनु भयो। 

महाधिवेशन मार्फत आगामी तीन बर्षको लागि निर्विरोध कार्यसमिति निर्वाचित भएको अवगत गराउँदै प्रथम अन्तर्राष्ट्रिय महाधिवेशन तथा बार्षिक साधारण सभा, निर्वाचन र निर्वाचन अनुगमन समितिको प्रतिवेदन हस्तान्तरण गर्नुभयो। 

अध्यक्ष लामाले गैरआवासी नेपाली नागरिकता झण्डै एक बर्ष देखि कार्यान्वयनमा आएको भएतापनि अधिकार बिहिन अवस्थामा रहेको र हालको मन्त्रिपरिषदको निर्णयले १० बर्ष नेपालमा बस्दा निःशुल्क भिसा, नेपालमा कम्पनी खोल्न सक्ने र विदेशी नागरिकको रुपमा अनुमति लिन नपर्ने व्यवस्था गरेको तर मन्त्रिपरिषदको निर्णयले पनि गैरआवासीय नेपाली परिचय पत्र र नागरिकता बीच खासै फरक अधिकारहरुको व्यवस्था गर्न नसकेकोमा UNDO को गम्भिर ध्यानाकर्षण भएको बताउनु भयो।

उहाँले आफ्नो देशमा निर्वाद रुपमा आउन र बस्न पाउन पर्ने समान्य अधिकारको समेत १० बर्षे भिसाको प्रावधानले संकोचित बनाउने र मन्त्रिपरिषदको निर्णयले भिसा र लगानी बाहेक गैरआवासीय नेपाली नागरिक सम्बन्धि अन्य अधिकारहरु जस्तै शिक्षा, सम्पति, पेशा आदीका बिषयहरुमा मौन रहेको औंलाउँदै नेपालको समग्र बिकासमा महत्वपूर्ण योगदान गर्न सक्ने नेपाली मूलका विदेशी नागरिकहरुलाई हौसला र प्रेरणा दिन गैरआवासीय नेपाली नागरिकहरुले पनि संविधानमा उल्लेख भए अनुसार राजनीतिक बाहेक अन्य अधिकार सबै नेपाली नागरिकहरु सरह पाउन पर्नेमा UNDO प्रतिवद्ध रहेको र यस प्रकारका किस्तामा उपलब्ध गराईने नागरिक अधिकारहरुले विदेशमा रहेका हाम्रा पछिका पुस्तालाई मातृभूमिको बिकासमा योगदान पुराउन प्रेरित गर्न नसक्ने आदी वुँदाहरु समावेश गरिएको ज्ञापनपत्र अध्यक्ष लामाले परराष्ट्र सचिव मार्फत परराष्ट्र मन्त्रीलाई हस्तान्तरण गर्नु भयो।

परराष्ट्र सचिवले संगठनको प्रथम अन्तर्राष्ट्रिय महाधिवेशन तथा बार्षिक साधारण सभा सफलताका साथ सम्पन्न गरेकोमा बधाई दिंदै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो। संविधानले प्रावधान गरेको गैरआवासीय नेपाली नागरिकतालाई पूर्णता दिन संविधानमा उल्लेख भएअनुसार छिटै संघीह कानून निर्माण गर्न नेपाल सरकारले तयारी गरिरहेको र हाल मन्त्रिपरिषदले गरेका केहि निर्णय तत्काल केहि समस्याहरु फुकाउन गरिएको बिचार व्यक्त गर्नु भयो।

भेटमा युनाइटेड नेपाली डयास्पोरा संगठन (UNDO) का उपाध्यक्ष भोमा लिम्वु र महासचिव कुशल केसी पनि सहभागी हुनुहुन्थो।

युनाइटेड नेपाली डायस्पोरा संगठनको सचिवालय,

गैरीधारा, काठमण्डौं 

मितिः १६/०१/२०२५

Leave a Reply