कृष्ण के सी, अमेरिका, जनवरी १४, २०२५
उखान छ, आफ्नै हात जगन्नाथ अर्थात शक्ति, नीति र बिधि सबै आफ्नो हातमा भएपछि जे जसो गरे पनि भयो। नेपालको सहकारी विकासको धेरै सदस्य मध्ये एउटा म पनि उदाहरण थिएँ। जसले माइक्रो-फाइनान्स बुझ्दछन उनीहरुले यसको महत्व बुझ्दछन। नेपाल जस्तो देशमा करिब ३/४ दशक पहिला देखि व्हात्तै बढेको यो पहल पछिल्लो समयमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी लगातका दलले आफ्नो लुटेको चंगोल बनाए। रेकर्डले यहि सावित गर्यो।
यसैबीच बिभिन्न विषका नागरिक आवाज बोकेर समाचार सम्प्रेषण गरेका रवि लामिछानेको चर्चा नेपालीहरुको बिश्वो समुदायको शिखरमा पुग्यो। त्यसबाट धक्का महसुस गरेका कान्तिपुर सहित १२ भाइको इगो बढ्दै गयो। उसै पनि कैलाश सिरोहीयको पावर ब्रोकरको लुटतन्त्र बिस्तारै उदाङ्गिदै गएको थियो।
बिस्तारै रवि लामिछाने राजनीतिमा पुगे। नेपालका सबै दलका नेताहरु राजनीतिमा पुगेपछि लुटेरा बने तर लामिछाने भने झन् चोखो हुँदैगए। स्थापनाको ६ महिनामा संसदमा चौथो ठुलो पार्टी हुनु भनेको कुनै जोक थिएन। त्यसपछि अन्य दल पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति रवि लामिछाने बिरुद्ध एकत्रित हुँदै गए।
तिनै खड्गप्रसाद ओलीले कहिले रवि उत्तम व्यक्ति भएको कुरा संसदमा नै बोलेका थिए। तिनै गगन थापाले चुनाव ताका आफूनो क्षेत्रमा उम्मेदवार नउठाइदिन अनुनय-बिनय नै गरेका थिए। कांग्रेस सभापति शेरबहादुर देउबाले प्रधानमन्त्री बन्न आग्रह नै गरे। तर अहिले आएर ति सबै ब्यक्ति र पार्टीहरु नै रविलाइ कानुनी रुपमा मार्न र मराउन भए-भारको बल लगाएर लागि परेका छन्।
यसैबीच कान्तिपुरले नगरिकताको मुद्धा बनायो। कांग्रेसले त्यसैगर्यो रविले जिते। सहकारी ठगीको मुद्धा बनाएर देशैभरि घुमाउएने योजना बनायो अनि त्यसैगरी सरकरी शक्ति खर्चिंदै छ। कान्तिपुरले बनाउने बाँकीले बक्ने। नेपाल प्रहरीले रवि बिरुद्धका कुरा किर्ते भएको सावित गरिसक्यो। अझै त्यसलाई टाल्न कान्तिपुरले आफ्नै छापाखान प्रायोग गर्दैछ। एमाले र कांग्रेस रत्यौली खेल्दैछ।
अरु त अरु नै भए नेपालका महान्यायाधिवक्ता नै जिल्ला अदालत सम्म पुग्नु, रवि बिरुद्ध कान्तिपुरको बकपत्र पढ्न अदालतमा सरकारी वकीलहरुको हानाथाप् हुनुले के सावित गर्छ ? एमाले, कांग्रेस र कान्तिपुर सहित १२ भाइको सोच-निच सबै एउटै हो।
यसैबीच स्वर्ण लक्ष्मीको सफ्टवेयरमा नेपाल सरकारले अतिक्रमण गरेर ऋण लिएको पत्र बनाएछन्। दुनियाँलाइ त थाहा भयो या भएन तर यस्तो कुरा अनुसन्धानबाट पत्ता लाग्छ। त्यो पनि कुनै दिन आउला।
स्वर्णलक्ष्मी सहकारीको हिसाबकिताब रहेको जिसिएस बैंकिङ सफ्टवेयर सिस्टममा रास्वपा सभापति रवि लामिछानेको खाता रहेको भन्ने अभियोजन दाबी पनि किर्ते नै सावित भएको छ। सहकारीको सदस्य नै नरहेको लामिछाने, उनको नागरिकताको प्रमाणपत्र नम्बर र हस्ताक्षर बिना नै कसरी ऋणी प्रवाह हुन्छ? लामिछानेले इन्कारी बयान दिएका छन्, ‘मेरो उक्त स्वर्णलक्ष्मी सहकारी संस्थामा एकल वा संयुक्त कुनै पनि खाता छैन, खाता खोल्न एकल वा संयुक्त रूपमा कहिल्यै निवेदन दिएको पनि छैन । मैले निवेदन दिएको, हस्ताक्षर गरेको, औँठाछाप गरेको वा कुनै किसिमको फाराम भरेको समेत छैन । म उक्त स्वर्णलक्ष्मी सहकारीको बचतकर्ता, सदस्य, ऋणी, कर्मचारीलगायत कुनै पनि जिम्मेवारीमा रहेको व्यक्ति होइन।यसको जवाफ सहकारी चलाउने सबैलाई थाहा छ केवल सरकार, कांग्रेस, एमाले र कान्तिपुरको बल-मिचाई। आखिर यो पनि किर्ते सावित भयो।