गरुढ पुराण अनुसार: पाप गर्दा लाग्ने रोग र सजाय

गरुढ पुराण अर्थात वैदिक सनातन न्याय प्रणाली अनुसार के के गर्दा के के रोग लाग्छ भनेर एउटा जिज्ञासाको कुरा हुन सक्छ। कतिलाई यस्तो कुरा वाइयात लाग्न पनि सक्छ। तर यस्ता धेरै कुरा हुन सक्छन। यिनीहरुको अध्ययन गरेर अहिलेको कानुनमा समायोजन र परिमार्जन गर्नु जरुरी हुन्छ। धेरै त जन-स्वास्थ्यमा आधारति छन्।  

  • ब्राह्मण भएर खान नहुने कुरा खायो भने भुँडे हुनेछ
  • मिष्ठान्न, मीठो पाकेको कुरा, भएको कुरा अरुलाई नबाँडेर एक्लै खायो भने घाँटी सुन्निने रोग लाग्छ
  • बिध्या, वेदको नष्ट गर्नेलाइ पोलियो र जन्डिसको रोग लाग्छ
  • झुठा गवादी दिने, झुठ बोल्नेलाइ लाटो हुने रोग लाग्छ
  • खानाको लाइनको पालो काट्नेलाइ एक आँखा बन्द हुने रोग लाग्छ
  • अरुको बिबाह तोड्नेलाइ ओठ नचल्ने र तोते बोल्ने रोग लाग्छ
  • किताब चोर्नेले अर्को जुनीमा अन्धो हुनुपर्छ
  • गाई र ब्रह्मण कुट्ने, काट्नेले लंगडो, कुँजो र विकृत शरिको हुनुपर्छ
  • घर र समाजमा झुठ बोल्नेलाइ शरीर चिलाउने, लुतो आउने, मुखमा खटिरा आउने रोग लाग्छ
  • झुठो कुरा सुन्ने, त्यसलाई मजा मान्ने, पत्याउने, सहि थप्ने, सहयोग गर्ने बहिरो हुन्छ
  • अरुलाई विषाक्त दिएन, अखाध्य पदार्थ जानाजान खुवाउने पागल हुन्छ
  • अरुको घर, बस्ति, ब्यबसायमा आगो लगाउने, डढेलो लगाउने व्यक्ति तक्ले हुन्छ
  • मासु बेच्ने अर्को जुनीमा अभागी हुन्छ
  • मासु खाने असन्तुलन, ज्यान थेग्न नसक्ने (प्यारालाइसिस) रोगी हुन्छ
  • अरुको गहना चोर्नेलाइ डिप्रेशन हुन्छ
  • सुन चोर्नेलाई नग्न (मंकीपक्स) रोग लाग्छ
  • धातुका समान या धातु चोरलाइ गरिव हुने श्राप अनि तर्सने रोग लाग्छ
  • खाना चोर्ने अर्को जुनीमा मुसा हुन्छ
  • अनाज चोर्ने अर्को जुनीमा सलह किरा हुन्छ
  • पानी चोर्ने अर्को जुनीमा काकाकुल या कुकु चरा हुन्छ
  • बीच चोर्ने चाहिं अर्को जुनीमा बिक्षी हुन्छ
  • सब्जी चोर अर्को जुनीमा मयुर हुन्छ
  • सुगन्ध र कस्तुरी चोर अर्को जुनीमा मुसा हुन्छ
  • मह चोर अर्को जुनीमा बारुलो, बखु घोडेकिरा हुन्छ
  • मासु चोर गिद्द हुन्छ
  • नुन चोर कमिलो हुन्छ
  • सुपारी, फलफुल र फुल चोर बांदर हुन्छ
  • जुत्ता, घाँस र बस्त्र-कटन चोर भेडा हुन्छ
  • झगडाडु, लुटेरा, गुण्डा, बाटो रोकेनहरु, सिकारीहरु बोका भएर काटिनेमा जन्मन्छन
  • बिष खाएर मर्ने, कुनै पनि किसिमले आत्महाता गर्ने पहाडको कालो सर्प हुन्छन
  • बिन्दासहरु उजाड जंगलको खान नपाउने तर धेरै खानुपर्ने हाती हुन्छन
  • अरुलाई खाना नदिने र एक्लै खाने, दान नगर्नेहरु मरुभुमीका बाघ हुन्छन
  • बिहान गायत्री मन्त्र नापढ़ने र साँझ दिप नबाल्ने, योग नगर्ने, बिध्या नपढ्नेहरु सारस चरा हुन्छन
  • योग नगर्ने गाउँको कुकुर हुन्छ
  • अनावश्यक र तरिका फरक, जे पायो त्यहि योग गर्ने गधा हुन्छ
  • भगवान, कुल  र पुर्खालाइ प्रार्थना नगरी खाने गाइ हुन्छ
Comments
Related News
Latest Post