Headlines

लामिछानेलाइ गरिएको दुर्व्यवहार प्रकरणमा आइजी आयोग जानबाट भागे

नेपालका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछानेलाइ चिवतनमा गरीएक हातपात र अभद्र ब्यबहारले मानव अधिकार हनन भएको थियो। लामिछानेको पार्टी र परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका थिए। 

त्यसपछि लामिछानेलाई थुनुवाको मानव अधिकार हनन हुने गरी जिल्ला सारिएको आरोपका बारेमा सत्यतथ्य जान्न आयोगले नेपाल प्रहरीका अधिकारीहरूलाई सोमवार आयोगमा बोलाएको थियो। तर प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर राजधानी बाहिर रहेको भन्दै छलेर गएनन।

प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ र प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्की आयोगको कार्यकक्षमा आएको कुरा आयोगले जानकारी दिएको छ।