Headlines

शंकराचार्य हेमानन्दलाइ बधाई र सम्मान, बिरोध गर्नेलाई हिच्की

कृष्ण के सी/अमेरिका/७/२९/१८

संसारको सबैभन्दा पहिलो र आधारशिला मानिने हिन्दुधर्मको उच्च आचार्यपदहरु मध्ये सर्वोच्च शंकराचार्यपदबाट नेपालकी महिला गिरीमहाराज हेमानन्द गिरी भिभूषित हुनुभएको छ। उहाँले जुलाई १०, २०१८ मा उहाँले अखिलभारतीय विद्धत्परिषद र World Hindu Federation बाट शंकराचार्य र पशुपति मठाधीस समेतको पदको सम्मानित नियुक्ति पत्र लिनु भएको हो।

आफूले बोलेको बचन अनुसार पशुपतिलाइ पाँचौ मठ बनाउन सफल शंकराचार्य हेमानन्द हाल नेपालमै हुनुहुन्छ। उहाँले यो पंतिकारलाइ कामको लागि बाहेक आफू नेपालमै बसेर काम गर्ने बताउनु भयो। उसो त शंकराचार्य हेमानन्दलाइ बधाई र सम्मान ग्रहण गर्ने लामो फेहरिस्त नै सुरु भएको छ। उहाँको सचिवालयले कार्य तालिका बनाउँदै छ। विश्व भरिका धार्मिक संस्था र व्यक्तिहरुले बधाई दिन सुरु गरेका छन्। नेपालका केही ठूला राजनीतक व्यक्तिहरुले समेत बधाई दिएका छन्।

सो बिषयमा सत्तासिन नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्यले सो बिषयमा आफूले पार्टी नेताहरुलाइ सुझाव दिएर कसरी राष्ट्रिय सम्मान दिन सकिन्छ निर्णय लिन अनुरोध गर्ने बताएका छन्।

त्यसै गरी नेपाली कांग्रेसका एक प्रभावशाली नेताले आफूहरु जहिले पनि धर्म र शान्तिको पक्षमा रहेकाले शंकराचार्य पदमा विभूषित हेमानन्द प्रति आफू र पार्टी सधै सकारात्मक रहने बताए।  

शंकराचार्यको छनोट प्रकृयाद्धारा सो सर्वोच्च स्थानको जिम्मेवारी पाउनुहुने शंकराचार्य हेमानंद गिरी प्रति खुरापाति र भ्रम फैलाउन नेपालबाट नै सुरु भएको थियो। अन्तत नेपाल र भारतका केहि मिडिया र व्यक्तिहरुले भ्रम फैलाउन गरेको प्रपन्चले हावा खाएको छन। शंकराचार्यको छनोट भएपछि नेपालकै केहि पण्डित-पूजारीहरु भारत गए। उनीहरुले यो आइमाई शंकराचार्य हुनुहुन्न हामी बिरोध गरिदिन्छौँ भनेर ठेक्का नै लिएर आएको खबर बाहिएर आएको छ।

एक अर्को प्रपन्चमा विश्व हिन्दु परिषदको अनुरोधमा आठ जना भारतीय साधुहरु शंकराचार्यलाइ भेट्न आउने अनुरोध भयो। उनीहरुलाई फ्लाइट टिकेट किनिदिनु पर्ने डिमाण्ड भयो। शंकराचार्य हेमानन्दसंग सम्पति र नगद पैसा छैन। तर पनि केहि शुभचिन्तकहरुको भरोसामा उनीहरु नेपालमा आउने निमन्त्रणा उहाँले दिनुभयो। हिन्दु परिषदबाट फेरि अर्को खबर आउंछ।  ति आठ सन्त-साधुहरुलाई जनही एक लाख भारु दक्षिणा पनि दिनु पर्ने डिमाण्ड गरे । त्यसपछि शंकराचार्य हेमानन्दले सो ८ जनाको भ्रमण अस्विकार गर्नुभयो। 

मुख्य कुरा के हो भने जुन मठको शंकराचार्य हेमानन्द हुनुभएको छ त्यो पदमा यसपूर्व उहाँकै गुरु वासुदेवानन्द हुनुहुन्थ्यो। हिन्दु धर्ममा आमा, बाबु र गुरुलाई शिर मानिन्छ। उसै पनि वासुदेवानन्द महाराज त्यसका लागि सम्मानित व्यक्ति नै मान्दा रहेछ। तर अर्का विराशत मानिने निश्चलानन्द महाराजले आचार्य पद नपाएको रिसमा गरेको खेल नै पछिल्लो हिच्की हो भनिन्छ।

त्यस पछि कासी विद्धत् परिषदको नाममा बजारमा एउटा पत्र फैलाइयो। कासी विद्धत् परिषद भनेको कासी शहरको लागि मात्र बनाइएको एउटा एकाइ हो। शंकराचार्यको छनोट गर्ने सम्पूर्ण कार्य भने अखिलभारतीय विद्धत्परिषदले गर्दछ। अनि शंकराचार्य हेमानन्द गिरी अखिलभारतीय विद्धत्परिषदबाट छनोट हुनुभएको हो।