Headlines

गैरआवासीय नेपाली पत्रकार महासंघ-FNNJ को गठन

गैरआवासीय नेपाली पत्रकार महासंघ

Federation of Non-Resident Nepali Journalists (FNNJ)

गैरआवासीय नेपाली पत्रकार महासंघ (Federation of Non-Resident Nepali Journalist-FNNJ) को गठन

विज्ञप्ति-१

जुलाई ७, २०२१

प्रवासमा रहेर नेपाली पत्रकारहरुको सदिच्छा, निरन्तरता र भावी पुस्ताला पनि यस क्षेत्रमा सहज होस भन्ने बिचार सहित गैरआवासीय नेपाली पत्रकार महासंघ (Federation of Non-Resident Nepali Journalists-FNNJ) को गठन भएको छ।

प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली मुलका संचारकर्मी, पत्रकारहरु तथा संघ-संस्थाहरुलाई समेटेर सहकार्य गर्दै व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने उद्देश्यले गैरआवासीय नेपाली पत्रकार महासंघको गठन गरिएको छ।

जुलाई ७, २०२१ बुधबार जुममा बसेको पत्रकारहरुको भेलाले महासंघ गठन गर्ने निर्णय गरेको हो। भगिरथ योगीको अध्यक्षतामा संस्थापक कार्यसमिति गठन गरिएको छ। यसलाई ९० दिन भित्र पूर्णता दिइने र १८० दिन भित्रमा नयाँ कार्यसमिति गठन हुनेछ।

महासंघ नेपालमा दर्ता हुने होइन। यसले ८२ मुलुकहरुमा फैलिएको नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) संग सहकार्य गर्ने तर नेपाल सरकारले तोकेको गैरआवासीय नेपालीको परिभाषा महासंघमा लागू हुने छैन। 

महासंघले नेपाल बाहिर भारत लगायतका सबै मुलुकहरुमा क्रियाशील नेपाली तथा नेपाली मूलका पत्रकारहरुलाई पनि समेट्ने गरी आउंदो ९० दिन भित्र संघको विधान बनाइने र त्यसको १८० दिन भित्र नयां कार्यसमिति गठन गरिसक्ने योजना गरेको छ। तर महासंघका राष्ट्रिय शाखाहरु भने तत्काल गठन गर्न सुरु गरिने छ।

महासंघको अध्यक्षमा बीबीसीका पूर्व पत्रकार भगीरथ योगी (यूके) लाइ सर्वसम्मत चयन गरिएको छ। वरिष्ठ उपाध्यक्षमा तोया दाहाल (अमेरिका), उपाध्यक्षमा श्याम लुइँटेल (यूके), महासचिवमा कृष्ण के सी (अमेरिका) लाइ चयन गरिएको छ।

यसैगरी सचिवहरुमा अनिल अधिकारी  (अमेरिका), अनुजा बुढाथोकी (साउदी अरेबिया), छत्र शंकर (अष्ट्रेलिया), खगराज गौतम (जापान) रहनु भएको छ।  कोषाध्यक्ष र सह कोषाध्यक्ष तत्काल खाली राखिएकोले पछि पूर्णता दिइनेछ। 

त्यस्तै सल्लाहकारहरुमा डा भारत राज पौडेल (अस्ट्रेलिय) र डा जगन अधिकारी (यूके) रहनुभएको छ।

गएको एक दशकमा नेपाल बाहिर नेपाली अनलाइन पोर्टल लगायतका  संचारमाध्यमहरुको उल्लेख्य वृद्धि भएको छ। तर तिनको दीगोपना र गुणस्तरमा समेत सपोर्ट गर्नुपर्ने अवस्था देखिएको छ। प्रवासमा क्रियाशील सबै संचारकर्मी र पत्रकारहरुलाई मान्य हुने गरी आचार संहिताको विकास गर्नु पर्ने आवश्यकता पनि देखिएको छ। त्यसैले अमेरिका, युरोप, अस्ट्रेलिया लगायतका मुलुकमा क्रियाशील नेपाली र नेपाली मुलका पत्रकारहरुका संस्थाहरुसंग सहकार्य गरी प्रवासमा नेपाली पत्रकारितालाई अरु बढी गरिमापूर्ण र व्यावसायिक बनाउन महासंघ गठन गरिएको हो।

महासंघले नेपाल बाहिर संचारक्षेत्रमा हक-हित, शान्ति सुरक्षाका कुरा खासै रुपमा उठाउनु नपर्ने, सुरक्षाका नियायाले ति सबै गर्ने गरेका छन्। त्यसैले विदेशमा रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यावसायीक नेतृत्व प्रदान गर्ने, सञ्चार क्षेत्रको विकासका लागि नेपालमा रहेका पत्रकारितासंग सम्बन्धित संघसंस्थासंग सहकार्य गर्ने, प्रवासमा नेपाली भाषा, कला, संस्कृति र नेपाली  पहिचान, नेपाली ब्यबसाय लगायतका कुराहरुको प्रवर्द्धनका लागि महासंघले काम गर्ने छ।

त्यस्तै लोकतन्त्र, मानव अधिकार तथा प्रेस स्वतन्त्रताको प्रतिरक्षाका साथै पत्रकारिता तथा सञ्चार क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संगठन तथा संघ संस्थासँग सहकार्य गर्दै अघि बढ्ने पनि महासंघको योजना रहेको छ।  गैरआवासीय नेपाली पत्रकार महासंघ नेपाल बाहिरका देश बेलायत, अमेरिका, क्यानाडा, अष्ट्रेलिया या युरोपका कुनै एक देशमा कर्पोरेटको रुपमा दर्ता गरिने  छ र अन्य देशमा शाखाको रुपमा दर्ता गरिनेछ। महासंघमा प्रवासमा क्रियाशील पत्रकारहरु सदस्य बन्न सक्ने छन्। पत्रकारहरुका ब्यबसाय, संघ संस्था एसोसियट सदस्य बन्न सक्ने छन्।  त्यस्तै महासंघले मानार्थ सदस्यता पनि दिन सक्ने छ।

महासंघको नेतृत्व एक व्यक्ति एक पदमा एक पटक मात्र हुनेछ। पदीय जिम्मेवारी चयन रोल मोडलका रुपमा अघि बढाइने छ। हरेक २३ महिना २९ दिन अर्थात २४ महिना पुग्नु एक दिन अगाडी सो पदमा एक तह मुनिका पदीय ब्यक्ति स्वत:उपल्लो तहमा पदस्थापन हुने प्रस्ताव गरिएको छ।

संभावित हरेक देशमा शाखा संयोजक रहने छन्। संयोजकको नेतृत्वमा सदस्य संख्याका आधारमा एउटा बिजोर संख्या रहनेगरी कार्यसमिति गठन हुनेछ। देश संयोजक स्वतह केन्द्रिय सदस्य हुनेछन। बिचमा खालि हुन आएका पदमा त्यो भन्दा तल्लो तहकाले स्वतह पदोन्नति पाउने छ। उसको कार्यकाल जहिले सुरु गरेता पनि आगामी २३ महिना २९ दिन हुनेछ।

नेपालीहरुका संस्थाहरुमा निर्वाचनका क्रममा देखिएको गुटबन्दी तथा विकृतीहरु हटाउन नेतृत्वको क्रमशःविकास गरी नमुना संस्थाको रुपमा विकास गर्ने लक्ष्य महासंघले लिएको छ। बिस्तृत कुरा बिधानमा उल्लेख गरिनेछ।

कृष्ण के सी

महासचिव

गैरआवासीय नेपाली पत्रकार महासंघ

July 7, 2021