Headlines

कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारलाइ मत

बहुदल आएको पनि तीन दशक हुन लाग्यो। धेरै नेता जन्मिए, हुर्किए, कमाए, जिते, हारे, हराए र कति त बिति पनि सके। तर पनि नेपाली नागरिकको काम, उनीहरुको आर्थिक र सामजिक स्थिति झन् गिर्दो रुपमा पुग्यो। यो सबैको दोषी यिनै दलहरुले उठाएका उम्मेदवार र दलहरु नै हुन्। 

हामीले भोगेको हो नागरिकमा काम हुँदैनन सहज छैनन। केवल पार्टीहरुको आडमा मात्र हुन्छ। दलहरुले आफ्ना दलाल र गुण्डा पालेका छन्। त्यो बाहेक कुनै पनि काम संभव छैन। 

नेपालमा अहिले उपनिर्वाचनको समय छ।नयाँ उम्मेदवार र दलहरुलाइ एमाले, कांग्रेस र माओवादीहरुले फेरी पनि धरपकड गर्ने, अपहरण गर्ने, खरिद गर्न अफर गर्ने जस्ता काम गर्दैछन्। त्यसको अर्थ के ? बेला र मौका यहि हो, काठमाण्डौ महानगर, चितवन र तनहुँ जस्तै फेरी पनि कीर्तिपुर र दशका अन्य क्षेत्रका मतदातहरुले पनि यो पटक कांग्रेस, एमाले, माओवादी लगायत होइन स्वतन्ग्त्र उम्मेदवारलाइ मत् दिएमा आफ्नै जीत हुनेछ। अनि मात्र दलहरुले नागरिकको कुरा सुन्छन र योग्य उम्मेदवार उठाउँछन्। 

कीर्तिपुरको मनोनयन गरेर अन्तिम लिस्ट नआएउँदा सम्म स्वतन्त्र तर्फबाट उम्मेदवार भएकाहरुको प्रोफाईल अध्ययन गर्दा दलहरुका उम्मेदवारको भन्दा धेरै उच्च देखिन्छ। राजमान मानव,  डा. नवरथकुमार वानियाँ, नरेश श्रेष्ठ र दिनेशकुमार अधिकारी मध्ये कुनै एक छानेर मत दिंदा नागरिकको जित र दलहरुले नागरिकप्रति जवाफदेहि हुने समय आउनेछ। समय र बेला यहि हो, पछि पछुताएर केहि पनि हुँदैन। सह समयमा सहि अधिकार प्रयोग गर्नु सहि हो।