कांग्रेसको नियमित महाधिवेशन पक्षले बिशेषवालालाइ साउन २८ पहिले नै बाटो तताउन निर्देशन

Spread the love

नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षका नेताहरूले बिशेष महाधिवेशन पक्षलाइ साउन २८ पूर्व नै पार्टी छोडेर बाटो तताउन निर्देशन दिएका छन्। सोमबार काठमाडौंमा आयोजित युवा भेलामा उनीहरूले पार्टीभित्र सबैलाई समावेश गरी एकताबद्ध बनाउने प्रयास गरिरहेको जनाएका हुन्।

कार्यक्रममा नेता डा. शशांक कोइरालाले विरोधी वा अन्य नेताहरूलाई गाली-गलौज गर्नुको साटो मौन रहनु वा उपेक्षा गर्नु नै ठूलो जवाफ भएको बताए। पार्टीभित्र सबैलाई समावेश गरी एकताबद्ध बनाउनु नै मुख्य प्राथमिकता रहेको छ। सबैको हातमा हात मिलाएर अघि बढ्न सहयोगको खाँचो रहेको छ। संघर्षपूर्ण इतिहास बोकेको कांग्रेस पनि झन् निखारिँदै जाने र देशको भविष्य कांग्रेसमै सुरक्षित रहने कुरा उल्लेख गरे।कार्यक्रममा नेताहरु प्रकाशमान सिंह, कृष्ण सिटौला, मोहन बस्नेत लगायत थिए।