नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षले डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ जनाको साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना हुने राष्ट्रिय भेलाको तयारी समिति बनाएको थियो। समितिले विभिन्न ३२ वटा उपसमितिहरु पनि बनाएको छ।
साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको ‘राष्ट्रिय भेला’कै दिन नयाँ दल घोषणा हुने तयारी गरिएको कुरा संबद्ध पक्षले बताएको छ।
समितिमा र संयोजकको नामा:
१ राजनीतिक प्रस्ताव तयारी समिति : विमलेन्द्र निधि (पूर्वउपसभापति)
२ साङ्गठनिक प्रस्ताव तयारी समिति : उमाकान्त चौधरी (पूर्वसहमहामन्त्री)
३ समसामयिक प्रस्ताव तयारी समिति : एनपी साउद
४ विधान समिति : रमेश लेखक
५ नेपाली कांग्रेसको आर्थिक नीति समिति : डा. प्रकाशशरण महत
६ प्रचार प्रसार समिति : मीन विश्वकर्मा
७ आर्थिक व्यवस्थापन समिति : दीपक खड्का
८ प्रशासन समन्वय समिति : मोहनबहादुर बस्नेत
९. भोजन व्यवस्था समिति : पूर्णबहादुर तामाङ ‘कान्छाराम’
१०. स्वयंसेवक परिचालन समिति : जितजंग बस्नेत
११. सांस्कृतिक समिति : विद्या तिमिल्सीना
१२. मञ्च तथा हल व्यवस्थापन समिति : राजु श्रेष्ठ
१३. स्वास्थ्य समिति : उमेशजंग रायमाझी
१४. विदेशस्थित नेपाली जनसम्पर्क समन्वय समिति : किरण पौडेल
१५. ट्रेड युनियन समन्वय समिति : हरिशरण नेपाली
१६. भातृ संघ समन्वय समिति : गोविन्द बहादुर शाह
१७. शुभेच्छुक संस्था समन्वय समिति : ईश्वरी न्यौपाने
१८. आदिवासी जनजाति समन्वय समिति : गणेश लामा
१९. दलित समुदाय समन्वय समिति : नृप वड
२०. महिला समन्वय समिति : उषा राउत
२१. युवा विद्यार्थी परिचालन समिति : कुन्दनराज काफ्ले
२२. पेसागत बुद्धिजीवी परिचालन समिति : भीमसेनदास प्रधान
प्रदेश समन्वय समितिहरू
२३. सुदूर पश्चिम प्रदेश : वीरबहादुर बलायर
२४. कोशी प्रदेश : गोमा भट्टराई
२५. मधेस प्रदेश : पदमनारायण चौधरी
२६. बागमती प्रदेश : शिव हुमागाईँ
२७. गण्डकी प्रदेश : गुरु बराल
२८. लुम्बिनी प्रदेश : गेहेन्द्र गिरी
२९. कर्णाली प्रदेश : सीता राना
अन्य समन्वय समितिहरू
३०. वैदेशिक रोजगार व्यवसायी समन्वय समिति : सीता देवकोटा
३१. जिल्ला काठमाडौँ सम्पर्क समन्वय समिति : मानबहादुर नेपाली
३२ . सचिवालय समन्वय समिति : दीपक प्रसाद कुइँकेल
