परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई फर्जी काण्डमा पक्राउ

Spread the love

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई फर्जी काण्डमा संलग्न भएका कारण पक्राउ गरेको छ। १७ वर्षअघि पाँच तिब्बती शरणार्थीका नाममा फर्जी कागजातका आधारमा ट्राभल डकुमेन्ट जारी गरेको अभियोगमा परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराईविरुद्ध राहदानी कसुरमा मुद्दा दायर भएको छ।

तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा सहसचिव भट्टराईविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालत काठमाडौंमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो। सोहि मुद्दामा पक्राउ पर्ने डरले उपस्थित नभएकाले अदालतबाट पक्राउ पुर्जी जारी गरिएका कारण उनलाई पक्राउ गरिएको हो। अब उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।