नयाँ कांग्रेस दल बनाउने अभियानमा नेता भुपेन्द्र शाही र युवा दस्ता

Spread the love

नेपाली कांग्रेस करिब-करिब एक बर्ष पहिला नै फुट्ने लाइनमा गएको थियो। २०२५ को जेन्जी आन्दोलन पूर्व नै तत्कालिन सभापति शेरबहादुर देउबाले बिशेष महाधिवेशन गरे पार्टी फुट्छ भनेकै हुन्। त्यो कुरालाइ नजरन्दाज गरियो। बिशेष महाधिवेशन गरियो, नेतृत्व लुटियो अनि त्यसैलाई निर्वाचन आयोग र अदालतबाट पनि आधिकारिक भएको फैसला आयो। 

यसमा कांग्रेस पार्टी लुट्नेहरु मात्र होइन लुट्न बाताबरण बनाउने पूर्णबहादुर खड्का पनि उत्तिकै जिम्मेवार छन्। उनलाई महाधिवेशनको निर्णय गर्न २ महिना भन्दा लामो समय लाग्यो। त्यो नलगाएको भए स्थिति फरक हुनेथियो। तर त्यसलाई भुसको आगो जस्तै बनाए शर्मा-थापा गुटले एमाले र तस्करहरुसँग मिलेर कांग्रेस फुटाएर नेतृत्व लुटेर लिए।

तर १४ औं महाधिवेशनका ७७ मध्ये ५१ जिल्ला भन्दा धेरै र पार्टीको ६०/७०% हिस्सा शर्मा-थापा गुटको लुटिएको कांग्रेस दलको नेतृत्व भन्दा बाहिर छ। त्यो कुरा सबैलाई थाहा छ। त्यो ठुलो हिस्साले भनिएको थपाङ्ग्रेसको सदस्ता नवीकरण र लिने काम पनि गरेका छैनन। यसको अर्थ के ?  

अदालतले जे फैसला गरे पनि पुर्णइजलासको फैसला नभएकाले फैसलाप्रति असंतुष्टि जनाउन पाइन्छ कवल अर्को फैसला नआउँदा सम्म मान्नुपर्छ। उपल्लो तहसम्मको गुन्जाय रहेसम्म फैसला चित्त बुझेन भन्न पाइन्छ। यो अदालतको अपहेलना हुँदैन फैसलामा नै चित्त नबुझे उपल्लो तहमा आवेदन गर्नु भन्ने लेखेको हुन्छ।

देउबा निकटहरुमा हिम्मत भएका नेता भनेको वीरबहादुर बलायर मात्र हुन्। डा. शेखर कोइरालाले थापाङ्ग्रेसको टिकेट लिएपछि उनको वैकल्पिक हैसियत पनि सक्कियो। पूर्णबहादुरको हिम्मत र हैसियत दुवै छैन भन्ने कुरा त गतबर्ष नै देखियो। त्यसैले विकल्पमा जुटेको भुपेन्द्रजङ्ग  शाही र युवा दस्ता नै हो।

नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीसंग सम्पर्क गर्दा अभियानको लागि लामै कुरा भए। करिव ३ महिना पहिला पनि लामै कुरा भएको हो। उनीहरुको तयारी ठुलो छ देखिएको मात्र सानो हो। उनीहरुको तयारीले ठुलो झड्का दिने कुरा त युवाहरुको जागरुकताले नै देखायो। 

राजनैतिक रुपमा देखिनको लागि धेरैजना तयार छैनन तर गत निर्वाचनको मतदानमा कांग्रसे र बामहरुले पनि घण्टीमा मतदान गरे जस्तै आउने दिनमा १४ औं महाधिवेशनसम्म रहेको कांग्रेसको ७० दखि ८० प्रतिशतको हिस्सा यहि अभियानमा जोडिनेछ। यसको अध्ययन पनि भएको छ। तथ्य पनि छन्। केहि दिन पहिला डा. शशांक कोइरालाले दिएको कांग्रेस औपचारिक रुपमा फुटेको अभिव्यक्तिले पनि यसलाई पुष्टि गरेको छ। 

पछिल्लो समय युवा भेला गरेर नीति र बिधिमा जुटेका शाहीले काठमाडौंमा युवा भेला राखेर भनिएको बिशेष महाधिवेशनबाट आएको केन्द्रीय समिति खारेज गर्नुपर्छ अन्यथा हाम्रो बाटो सुरु भएको भन्ने उद्घोष गरेका छन्। यसको अर्थ दल दर्ताको तयारी पुरा भएको छ तर घोषणा भने बाँकी भन्ने हो। शर्मा-थापाको थापाङ्ग्रेसले नछोड्ने र अभियानले नमान्ने कारणले गर्दा अन्तमा शसक्त र बलियो कांग्रस जन्मने भएको छ। 

उसो त कांग्रेस नेता धर्मेन्द्र नेम्बाङ्गले पनि आफ्नो अभियान जारी राखेका छन्। शाही, नेम्बाङ्ग र बलायरको मिलन बिन्दु एउटा हुने समय आएको कुरा केहि कांग्रस निकटले बताएका छन्। डा. प्रकाशनशरण महतको विचार धेरैले कुर्दैछन्। उनि थापाङ्ग्रेसबाट सन्तुष्ट छैनन।