“म बाँच्न चाहन्छु, कृपया मलाई बचाइदिनुहोस्।
गुल्मी जिल्ला, गण्डकी गाउँपालिका–२ निवासी २१ वर्षीया बालिका परियार गम्भीर बोन म्यारो रोगसँग संघर्ष गरिरहनुभएको छ। चिकित्सकहरूको सल्लाहअनुसार उहाँको बोन म्यारो प्रत्यारोपण (Bone Marrow Transplant) गर्नुपर्ने भएको छ, जसका लागि करिब रु. ६० देखि ७० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
तर परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले यति ठूलो रकम जुटाउन कठिन भएको छ। त्यसैले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा मनकारी सहयोगीहरूमा सक्दो आर्थिक सहयोग गरिदिन हार्दिक अपिल गर्दछौं।
तपाईंको सानो सहयोगले पनि एक बहिनीको अमूल्य जीवन बचाउन ठूलो योगदान पुर्याउन सक्छ। “एकले थुकी सुकी, सयले थुकी नदी” भनेझैं, आउनुहोस् सबै मिलेर बालिका परियारको जीवन बचाउने अभियानमा साथ दिऔं।
सम्पर्क नम्बर: 970-2945800
बैंक विवरण
बैंक: माछापुच्छ्रे बैंक
खातावालाको नाम: Seti Darji
खाता नं.: 0971010488300012
सहयोग गर्नुहोस्।
यो सन्देशलाई सकेसम्म धेरै सेयर गरेर सहयोग गरिदिनुहोस्।
तपाईंको एउटा सेयर र सानो सहयोग नै बालिकाको जीवनका लागि ठूलो आशा बन्न सक्छ।
