कांग्रेस र एमाले फुट्दै, गगन-बिश्वको टाउको देखाए हलाल गरेको मासु बिकेन

Spread the love

नेपाली राजनीति बिशेष गरेर २०४६ सालपछि बहुलवादी रुपमा गएता पनि देशको अर्थतन्त्र, मानव विकास भने अगाडी गएन। आफूलाई केहि पनि नभएको सर्वहारा नेता भन्ने तिनै दलका नेताहरुले अहिले बिश्वोब्यापी लगानी कर्ता भएर FDI मा सयौं मिलियन डलरको घोष्ट लगानी राखेका छन। 

त्यसैकारण हरेक केहि बर्षमा नागरिक असंतुष्टि आउने, त्यसलाई दलहरुले आफ्नो फाइदाको लागि प्रयोग गर्ने, माथि आउने अनि फेरी आफू पनि त्यहि कमाउने लाइनमा गए। त्यसैको कारण पछिल्लो जेनजी आन्दोलन भयो। भलै त्यसमा पनि कांग्रेस, एमाले र माओवादीले आपसमा आफ्नै दलका अर्का गुटका नेता माथि शक्ति खर्चेर भौतिक क्षेत्री पुर्याएको आरोप छ। 

त्यहि लुटको बिंडो कसले लिने भन्नेमा सबै दल त्यसमा पनि नेपाली कांग्रेस, नेकपा एमाले र अहिलेको नेकपा पुर्व माओवादी विभाजित भए। गुटको राजनीति चरम रुपमा गयो। त्यसैको परिणाम हो अहिलेको मत परिणामको झापडले यिनका साइज दिलायो। अनि दोष जति अरुलाई लगाउने कारण दलिय गुटबाट दल फुटको सुरुवात भयो। 

एक गुटले अर्कोलाइ सखाप पर्ने दाउमा आन्तरिक लडाइ चरम रुपमा गयो। कांग्रेसको नेतृत्व गगन थापाले लुटेर लिए। यसको ब्याख्यामा १४ औं महाधिवेशनका सभापति शेरबहादुर देउबाको पदबधी सकिएको भने तर त्यो भन्दा पहिला चुनिएका १४ औं महाधिवेशनका प्रतिनिधिको पदावधि कसरी बाँकी त्यो ब्याख्या गरेनन। त्यसैले कांग्रेस दल फुट्यो। देउबा-खड्का पक्ष अदालतमा पुग्यो। अदालतको फैसला आउन बाँकी छ।

कांग्रेसमा तेश्रो धार पहिला देखि नै सक्रिय छ। यसमा धेरै व्यक्तिहरु बौद्धिक, साहित्यकार, पूर्व खेलाडी, ज्ञानी र इज्जतदारहरु धेरै छन्। गत बिशेष महाधिवेशनमा उनीहरु सक्रिय थिएनन तर भित्रै र बाहिएर बेसेर सुक्ष्म अध्ययन गर्दैथिए। 

कोरोना कालदेखि त्यो समूहसँग मेरो कुराकानी नियमति रुपमा छ। उनिहरु आफूहरु नेतृत्वमा आउन होइन कांग्रेसलाइ प्रजातान्त्रिक कल्चरमा लैजान भनेर अभियानमा थिए र छन्। अहिले आएर उनीहरुको निष्कर्ष छ, ‘गगन र बिश्वको टाउको देखाए हलाल गरेको मासु बिकेन’ अनि देउबा-खड्काको कुरामा उनिहरुलाइ भरोसा छैन। उसैपनि मुद्धा अदालतमा छ। त्यसैले नयाँ दल दर्ता गर्नुको विकल्प छैन।

अहिलेको नेकपा माओवादी र नेकपा एस फुटेर बनेको हो। त्यसबाट पनि चुहाई सुरु भएको छ। एमाले फुटेपछि बन्ने नयाँ गुटमा नेकपाका धेरैजना फुटेर जानेछन। त्यो सामान्य कुरा हो। उनीहरु उसैपनि प्रचण्डको भंगेरै चरित्रको नेतृत्वबाट सन्तुष्ट छैनन। 

अहिले आएर एमालेमा दोश्रो पटक फुटको लडाई चरम रुपमा पुगेको छ। विशेषगरी ओली गुटलाई महाधिवेशनबाट हराउन सहज नभएपछि निर्वाचनको तोप चलाउन सुरु भएको छ। एमाले नेताहरु सार्वजनिक रुमपा नै छताछुल्ल लडेका छन। एमाले अध्यक्ष केपी शर्मा ओली सहित नेताहरूले हार बेहोरेपछि एक अर्कालाई दोषारोपण गरिरहेका छन्।

एमाले महासचिव शंकर पोख्रेल बचाउमा लागि परेका छन्। अर्कोतर्फ उपमहासचिव योगेश भट्टराईको लाइनमा पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे, पूर्वउपमहासचिव प्रदीप ज्ञवाली, नेताहरू गोकुल बास्कोटा लगायत देखिएका छन्। अब एमाले ओली इतर पक्ष ओलीको बहिर्गमन खोजिरहेका छन् तर बिधि भने रिसेट भन्दैछन्। सिसेटको अर्थ कसैले पनि अर्थ्याएका छैनन। जे सुकै भनेपनि अब एमाले एकबाट दुइ हुन्छ भन्ने कुरामा एकालेकै नेताहरुनै बताउँछन्।