सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि, भौतिक आक्रमण समेत गरेको, यौनांगमा गहिरो चोट देखिएको र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको तथ्य शवको पोस्टमार्टम रिपोर्टले देखाएको भन्दै नेपाल पहरीले पुष्टि गरेको छ।
सुर्खेतको गुर्भाकोट, बडाखोली स्थायी घरभई वीरेन्द्रनगर बस्दै आएकी वीरेन्द्रनगरकै उषा बालबाटिका स्कुलमा कक्षा ११ मा पढ्ने गर्थिन। उनि बिहान ६ बजे ट्युसन पढ्न जाने भनेर घरबाट निस्किएकी थिइन्। २३ फागुनमा वीरेन्द्रनगरस्थित सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी उनलाई अस्पताल कालागाउँमा पुगेपछि डाक्टरले मृत घोषणा गरेका थिए।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा इनिसाको यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्तस्राव भएको उल्लेख छ। त्यसिगारी ढाडमा घस्रिएर चोटपटक लागेको देखियो, भेरि अस्पतालका फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यले भने, ‘यौनांगमा भएको गहिरो चोटका कारण अत्यधिक रक्तस्राव भएको र त्यही कारण उनको मृत्यु भएको देखिन्छ।’
सुर्खेत जिल्ला प्रशाशन कार्यालयका अनुसार घटनामा संलग्न १६ वर्षीय एक किशोर घटना भएकै दिन र भोलिपल्ट इनिशाको परिवारले सामूहिक बलात्कार भएको भन्दै अन्य तीन किशोरविरुद्ध पनि जाहेरी दिएपछि १५, १६ र १७ वर्षका अरु पनि पक्राउ परेका छन्। जिल्ला प्रहरी सुर्खेतले उनीहरुको बयान र पोस्टमार्टम रिपोर्टलाई आधार मान्दा जबर्जस्ती करणी पुष्टि भएको बताको छ।
ट्युसन पढेर बिहान ९ बजे घर फर्किने इनिशा अबेरसम्म पनि नआएपछि परिवारले फोन गरे तर मोबाइल स्विच्ड अफ थियो। त्यसपछि खोजी सुरुभयो। कोही अपरिचितले इनिशाकी आमालाई फोन गरेर ‘छोरी जंगलमा अचेत अवस्थामा रहेको’ जानकारी गराएका थिए। त्यसलगत्तै परिवारका सदस्य घटनास्थल पुगेर इनिशालाई अस्पताल लगेका थिए। अस्पतालमा डाक्टरले उनि मृत भएको बताए।
चारजना हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरिएकामा पीडित परिवारले अन्य पनि संलग्न हुन सक्ने भन्दै जाहेरी दिएका छन्। प्रहरीले त्यसतर्फ पनि अनुसन्धान गरिरहेको सुर्खेतका एसपी शाहीले बताए। प्रहरीका अनुसार फरेन्सिक ल्याबमा पीडित र पीडक परिवारको मोबाइललगायत विद्युतीय सामग्रीहरू अनुसन्धानका लागि पठाइएकोमा रिपोर्ट आउन बाँकी छ।
इनिसाका बुबा ४० वर्षीय इन्द्रबहादुर विक विदेशमा काम गर्न गएका थिए। सो घटना पछि उनी नेपाल पुगेका छन्। उनले पोस्टमार्टम रिपोर्ट आए पनि दोषीलाई कारबाही नगरेसम्म शव नबुझ्ने बताएका छन् । इनिसाको शव प्रादेशिक अस्पताल सुर्खेतमै छ।
