प्रतिनिधिसभाको निर्वाचन फाल्गुन २१, दलहरुको नयाँ बरियतामा रास्वपा पहिलो हुने विश्लेषण

Spread the love

नेपालको प्रतिनिधिसभा निर्वाछन् यहि फाल्गुन २१, २०८२ (मार्च ५, २०२६) बिहिबार बिहान ७ बजे देखि साँझ ५ बजे सम्म हुने कुरा निर्वाचन आयोगको तालिकामा उल्लेख छ। यो निर्वाचनले अर्को निर्वाचन नहुँदा सम्म नेपालका राजनैतिक दलहरुको बरियता निर्धारण गर्ने छ।

नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकारको चरम भ्रष्टाचार, सामाजिक संजाल माथि प्रतिबन्धि, संचार लगायत थुप्रै क्षेत्रमा गरिएको अधिनायकी पन र ७५ जना जेनजीहरुलाइ मारेपछि पजनी गरिएको केपी ओली नेतृत्वको सरकारपछिको यो निर्वाचन हो।

उसो त सङ्घीय लोकतान्त्रिक गणतन्त्र २०७४ र २०७९ पछि  यो तेस्रो निर्वाचन हो। तर यो पटक फरक स्थितिमा निर्वाचन हुँदैछ। नेपालको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरि जम्मा २७५ सीटको निर्वाचन हुने भएको हो। निर्वाचन आयोगका अनुसार ९६,६३,३५८ पुरुष, ९२,४०,१३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता मतदान गर्न योग्य रहेका छन्। 

यस पहिला ठुलो दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी लगायत थिए। पछिल्लो मत सर्भेक्षण,  पब्लिक सपोर्ट र उपस्थिति हेर्दा यो बरियता क्रम परिवर्तन हुने विश्लेषण आएका छन। नयन बरियता रास्वपा पहिलो, नेपाली कांग्रेस दोश्रो, एमाले तेश्रो हुने बताइन्छ।