मध्यपूर्वमा बढेको असहज परिस्थितिलाई मध्येनजर गर्दै नेपालको परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई डाटा रेकर्ड लिनको लागि खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचार-प्रसार र समन्वय गरेका छन्।
नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपालीहरुलाइ आग्रह गरेको छ ।
दूतावासका अनुसार नेपाली नागरिकको अवस्था सम्बन्धी तथा आवश्यक कारबाहीको प्रयोजनका लागि सूचना सङ्कलनका लागि पोर्टल सञ्चालनमा ल्याइएको हो। परराष्ट्र मन्त्रालयले तयार पारेको सो पोर्टलमा साउदी अरेबिया, यमनमा रहेका नेपालीका बारेमा सूचना सङ्कलन गरिनेछ ।
