३ जीत ३ हार बेहोरेका कांग्रेस नेता साउद कञ्चनपुर २ मा सातौँ पटकको प्रयासमा

Spread the love

नेपाली कांग्रेसमा बिस्तारै तर सभापतिको लक्ष सहित अगाडी बढेका नेता नारायण प्रकाश (एनपी) साउद यो पटक पनि प्रतिनिधि सभा निर्वाचनमा कञ्चनपुरक्षेत्र २ बाट प्रतिस्पर्धा गर्दैछन्। 

उनि यो समेत आधादर्जन पटक प्रतिस्मर्धी भएका छन्। यो सातौँ पटक भने उनको ठुलो प्रतिस्मर्धा एमाले र नेकपासँग होइन राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक बोहरासँग हुने भएको छ। 

रास्वपाका उम्मेदवार दीपक बोहरा टेलिभिजनकर्मी ‘सिधा कुरा जनतासँग’ टिमका मुख्य व्यक्ति हुन्। यसको सुरुवात रवि लामीछानेले गरेका थिए। नेता भन्दा पनि पब्लिकले पत्याएको अनुहार भएकाले बोहोरालाई साउदको मुख्य प्रतिस्पर्धी मानिएको छ। यतिमात्र होइन चुनावमा नयाँ भएपनि बोहराको लेखन, प्रस्तुति र क्षमतालाइ सबैले देखेकै छन।

एमालेको आन्तरिक कलह बढेको छ। अध्यक्ष केपी शर्मा ओलीले निकट नेतालाई दबाएको, दलबाट बेघर बनएको कारण अन्तर कलह बढेको छ। उसमाथि जेनजी अन्दोलानलाइ दबाउने, मान्छे मराउने र त्यसलाई अस्विकार गर्ने कारण यो पटका एमाले पत्तासाफ हेन कुरामा सबै विश्लेषक मात्र होइन स्वयं एमाले नेताहरु नै बताउँछन्। त्यसैले यहाँ मात्र होइन देशैभरि एमाले ठुलो प्रतिस्पर्धी दल होइन। 

त्यसैगरी नेकपाले यो पटक केवल एक या दुइ सिट मात्र जित्ने पूर्वानुमान भएकाले साउदलाइ यी दुइ दलसँग कुनै ठुलो चुनौती नै छैन। तर बदलिँदो परिस्थिति अनुसार व्हात्तै बढेको रास्वपा र बालेन शाहको देश दौडाहाले ल्याएको बदलाव, बालेन-रवि अनि घण्टीमय देश भएको साउदलाइ ठुलो चुनौती रास्वपाबाट नै भएको कुरा बताइन्छ। 

कञ्चनपुर २ पश्चिम पहाडी जिल्लाबाट बसाइ-सराइ भएको बस्ति बढेको जिल्ला मध्ये एको हो। तर यहाँका रैथाने बासिन्दाहरु भने थारु समुदाका त्यसमा पनि रानाथारुहरु छन्। उनीहरुको मत बाहुल्य छ। उनीहरुको हातमा नै जीत र हारको शक्ति छ। 

उसो त नेपाली कांग्रेसकाबाट पटक पटक सांसद र मन्त्री समेत भएका साउद धेरै विवादित नेता भने होइनन। उनलाई भ्रष्टाचार र त्यो खालको आरोप छैन। उनि एक किसिमका क्लिन लाइनमा मानिन्छन। अन्तरिक रुपमा पार्टीको सभापतिको लागि तयारी गर्दै आएका साउद कम्जोर नेता भने होइनन।

उनि निर्वाचनमा नयाँ भने होइनन। यो उनको सातौँ पटकको प्रतिस्पर्धा हो। २०५६ देखि २०७९ सम्म उनले ३ जित र ३ हार बेहोरेका छन। यो पटक भने कुनै पनि दलहरु गठबन्धनमा छैनन। सबैको प्रतिस्पर्धा आपसमा हुनेहुँदा उनि जित्ने कुरा उनका निकटहरु बताउँछन्। 

यहाँनेर बिर्सन नहुने कुरा अके छ भने साउद बिशेष महाधिवेशनको विपक्षमा थिए तर पनि उम्मेदवार किन भए भन्ने कुराको अर्थ छ। उनको क्षेत्रबाट बिशेष महाधिवेशनमा सुन्य जस्तै प्रतिनिधि भएको बताइन्छ। तर पनि उनि चुनावमा किन गए, बिरबहादुर बलायर जस्तो बहिस्कार किन गरेनन भन्ने कुरा छ। तर प्रतिसोधमा टिकेट नदिन खोजे पनि बाध्य भएर उनलाई टिकेट दिएको कुरा कांग्रेसका कार्यबाहक सभापति पुर्णबहादुर खड्का निकट कांग्रेसहरुको दावी रहेको छ।