सिलिकन भ्यालीको लागि ‘the tech buzz’ का अनुसार अल्फाबेटको रोबोट्याक्सी डिभिजन वेमोले रूपमा १६ अर्ब डलरको बिशाल लगानी सझौता गरेको छ। यसबाट वेमोको ब्राण्ड भ्यालु ११० अर्ब डलर पुगेको छ। Sequoia Capital and Andreessen Horowitz जस्ता हेभीवेटहरूद्वारा साझेदारी गरेको यो सम्झौताले अब ड्राइभरलेस टेक्सीको लागि वेमोले एक महत्वपूर्ण फड्को दिने भएको छ।
करिब २० मिलियन भन्दा बढी सेल्फ ड्राइभ (ड्राइभरलेस) सम्पन्न भएपछि र मायामीमा गरिएको यो पछिल्लो संझौता विस्तारसँगै वेमोले टेस्ला र क्रूज जस्ता ठुला स्थापित प्रतिस्पर्धी कर्पोरेटहरूसँग आफ्नो क्षमता बलियो बनाएको छ। वेमोको लागि यो संझाता र लगानी भित्र्याउने कामसंगै चालकविहीन सवारी-हेलिङको विश्वव्यापी रोलआउटमा गति समेत लिने भएको छ। यसले यातायातमा नयाँ युग रोबोट्याक्सीको तहल्का नै पिट्ने अनुमान गरिएको छ।
