श्रीस्वस्थानी ब्रत कथाको एकतिसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगत्स्य मुनि ! तहां उप्रान्त यस्ता वचन चन्द्रावती बुहारीले भनेको वचन सुनी गोमा माता खुशी भै मनले श्रीस्वस्थानी मातालाई सम्झी अंजली बांधी हे परमेश्वरी भनी चनद्रावती रानी छेउ भनिन् हे- बुहारी त्यस्ता दशामा परिकन पनि ईश्वरीको भक्ति गर्न सक्ने तं धन्य रहिछस् । मेरो कुरा पनि कहन्छु सुन् । अघि तेरो स्वामी नवराज आफ्नो वावुको खबर गर्न गए देखी आफुले सप्तऋषिको कृपाले श्रीस्वस्थानी परमेश्वरीको ब्रत गरि , हरिहरको कृपाले नवराज राजा भए सम्मको सम्पूर्ण कुरा चन्द्रावती रानीलाई सुनाईन् । त्यसपछि के भयो ? थप प्रसंगको लागि लागि पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत श्रीस्वस्थानी ब्रत कथाको अन्तिम अध्याय सुनेर लाभ प्राप्त गरौं ।
श्रीस्वस्थानी ब्रत कथा अध्याय ३१
