श्रीस्वस्थानी ब्रत कथाको तेईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगत्स्य मुनि ! तहां उप्रान्त नवराज ब्राम्हण आफ्ना बाबाको खबर गर्न गएपछी नवराजकी स्त्री चन्द्रावती ब्राम्हणीले आफ्नी सासू गोमा ब्राम्हणीछेउ भनिन् – हे माता ! म मेरो माईत नगएको धेरै दिन भयो, यहां खानलाई अन्न छैन्, लाउंनलाई वस्त्र छैन्, अरूसंग मांगी मात्र कति दिन निर्वाह गरूंली, यस अर्थले अलिक दिन मं माईत बसी आउंछु, तपाईंले आफ्ना जीउको घरको संभार गर्नु । तपाईंका छोरा आएपछी मलाई डाक्न पठाउंनु होला, मं गएपछी एक पेट पाल्न तपाईंलाई पनि सजिलै होला , मं जान्छु भनि गोमा ब्राम्हणीलाई प्रणाम गरी माईत गईन् । त्यस पछी गोमा ब्राम्हणीले के गरिन ? थप प्रसंगको लागि लागि पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत श्रीस्वस्थानी ब्रत कथा सुनेर लाभ प्राप्त गरौं ।
श्रीस्वस्थानी ब्रत कथा अध्याय २३
