सबै भन्दा बिग्रेको राजनीति मध्येको एउटा नेपाली राजनीति हो। बिशेष गरेर बहुदलकाल देखि अहिले सम्म नेपाली राजनैतिक दलहरुले आफ्नोलाई राजा बनाएर तर गर्नुपर्ने देशको अर्थतन्त्र र सामाजिक उन्नतिका काम गरेनन। सुकुम्बाई भनिएहरु बिना लगानी अर्बपति भने नागरिकहरु चाहिं झन् गरिव बने।
त्यसैबीच फरक धारबाट एउटा व्यक्ति रवि लामिछाने राजनीतिमा आउँछ र ५/६ दशक लामो राजनीतिमा जमेका दलहरुलाइ केवल ६ महिनामा नै झस्कने बनाउँछ। यति मात्र होइन उनीहरुलाइ अस्थित्व जोगाउन गठबन्धन गर्न बाध्य बनाउँछ।
पार्टीको सदस्यता देखि नेतृत्व चयन, निर्वाचनमा उम्मेदवारहरुको चयन जस्ता सबै क्षेत्रमा प्रजातान्त्रिक विधी अपनाउँछ। छोटो समय सरकारमा गयो बिछट्टै चर्चित काम गर्यो। उनि आफैंले सम्हालेको गृहमन्त्रालयमा ३० बर्षको इतिहासमा पहिलो पटक उच्च स्तरका अधिकृतको बढुवामा बिना घुस काम भएको कुरा नेपाली कांग्रेसका नेता आफैंले उद्घोष गरे।
एमाले, कांग्रेस र माओवादीहरु तर्सिए। उनीहरुले व्यक्ति दबाउने खुराक खोजे खासै पाएनन। दुइ-दुइ पटक चुनावमा पठाए फेरी पनि झन् बढी मत ल्याएर जित। उप-निर्वाचनमा कांग्रेस र एमालेलाइ धुलो चटाए। भनिए अनुसार गिरिबंधु र नक्कली भुटानी काण्ड, कैलाली, दरबार लुटेको जस्ता काण्ड अध्ययन गरे। कांग्रेस र एमाले तर्सिए र रातभरिमा सरकार फेरे। उनिहरु गल्ति भए तुरुन्तै सकारे, नयाँ-बिधि प्रयोग गरे। नागरिक र बिज्ञबाट सिके, सिकाए अनि झन् चर्थित भए।
पछिल्लो समय जेनजी आन्दोलन पछि स्थिति फेरियो। उनिहरुले सहज रुपमा सो परिवर्तनलाइ स्वीकारे। कांग्रेसले लुटेका नेता गगन थापाले जेनजीहरुलाइ बेवास्ता गरे तर रास्वपाले ८ जना जेनजी उम्मेदवार बनायो। नागरिक र जेनजीहरुको आकांक्षा मेयर बालेन शाह र रवि लामिछाने संगै जाउन भन्ने थियो। त्यसलाइ पनि सहजे स्वीकारे।
तुरुन्तै बरिष्ठ नेता बनाएर भावी प्रधानमन्त्रीका रुपमा मेयर शाहलाइ अगाडी सारे। नेपाली राजनीतिमा यस्तो खाले सहज र सुन्दर प्राक्टिस कदापि र कसैले गरेको थिएन। यसबाट एमाले र गगन थापालाइ झड्का लाग्यो। उनिहेरु फेरी पनि सक्किने लाइनमा पुगे। अन्तत अब कहिले लुगा लगाएको कुरा, गाडीका कुरा समेत बक्न थाले। ५/६ दशकमा दलहरुले सिकेको राजनति यो हद सम्मको गरिव रहेछ भने उनिहरुएल देश कसरि माथि लान्थे ?
लाजै नभएको जस्तो छिमेकीसँग मिलेर सन्तान जन्माएको जस्तो गठबन्धन गरेर राष्ट्रिय सभा जिते। त्यसलाई कांग्रेस र एमालेको राजनैतिक नामर्दपन भान्नुपर्ला। यो सबै हुँदा-हुँदै पनि अझै व्यक्तिको पछिले लागेका छन।
राजनैतिक विश्लेषकहरुको तर्क सुन्दा देह नै रविमय भएको छ। अरुलाई कुपन बाँडेर बेकार बोलाउनु परेको छ। तर रास्वपामा लहर देखियो। मेयर शाहको पब्लिक क्रेजले त पुराना दलहरुको सात्तो खाएको छ। अन्तत उनीहरु निर्वाचन बिथोल्न लागि परेका छन्। यसलाई पनि नागरिकल बुझीसके आज नभए पनि कुनै न कुनै दिन त निर्वाचन होला त्यो समय पनि उनीहरुको हालत त्यहि हुन्छ। त्यसैले नेपाली राजनीतिको पछिल्लो हिरो नै रवि लामिछाने सावित भएका छन।
