नेपालका एकजना राजनैतिक विश्लेषकले भने, नेपापा माओवादी, नेपपा एस र नेपाली कांग्रेसको लुट-फुट पछि अब नेकपा एमालेको पालो आएको छ।
ढिलो या चाँडो एमाले पनि फुट्छ। यसका संकेत देखिन थालेका छन। ओलीले पेल्दैजानु र पिडितले आँट कस्नुसंगै समय सुरु भएको छ। यसको प्रत्यक्ष संकेत झापाको निर्वाचन क्षेत्रमा देखिन थालेको छ। पिडित भिम रावल पक्ष र इश्वोर पोख्रेल पक्षले साइलेन्ट अन्तर्घात गर्ने संकेत देखिएको छ।
यसैबीच नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले भदौ २३ र २४ गते काठमाण्डौमा नियत्था युवाहरु मार्नुमा तत्कालीन सरकारका प्रमुख भएकाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन।
ताप्लेजुङ पुगेर उनले सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन्। सुरक्षा फौजको सही ढंगले परिचालन हुन नसक्दा र आन्दोलनरत पक्षसँग वार्ताप्रति सरकार उदासीन हुँदा नै यस्तो अवस्था आएको कुरा उनले बताए। त्यहि कारण नवयुवाहरूले ज्यान गुमाउनु परेको उनले बताए। यी सबैको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएर संसद्मार्फत सरकार गठनको प्रक्रिया अघि बढाएको भए संसद् जोगिने अवस्था पनि रहेको दाबी उनले गरे।
