यहि माघ ११ गते आइतबार १८ जना राष्ट्रियसभा सदस्यहरु चयन गर्नको लागि निर्वाचन हुने भएको छ। उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन सम्पन्न यस पहिला नै भएको छ। राष्ट्रियसभा सदस्य निर्वाचनको आइतबार बिहान ९:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म हरेक प्रदेशका मतदान केन्द्रमा हुनेछ।
१८ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन गर्न लागिएको हो । पूर्वपंच पछिका नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् अब बाँकी १७ जना चयन गर्नको लागि मतदान हुनेछ। राष्ट्रियसभा सदस्य निर्वाचन मतदाताहरु प्रदेशसभा सदस्य, पालीका प्रमुख र उपप्रमुख हुनेगर्छन।
