राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रिय नेत्री, पूर्व स्वास्थ्य राज्यमन्त्री तथा निवर्तमान सांसद सर्जन (मेडिक डा.) तोसिमा कार्की आफ्नै पुर्व निर्वाचन क्षेत्र ललितपुर ३ मा नै उम्मेदवार हुने भएकी छन्।
उनले आफ्नो फेसबुकमा भनेकी छन्, ‘हामीले वेथिति विरुद्द, भ्रष्टाचार विरुद्द लड्नुछ। सबै एकजुट भई आ-आफ्नो क्षेत्रमा रास्वपालाई जिताउन भुमिका निभाउनुहोला।अब देश जिताउनु छ।’
सर्जन कार्कीले आफ्नो कार्यकालमा मुख्यगरी ललितपुर ३ मात्र होइन पुरै जिल्ला र नेपालको समग्र विकास र उन्नतिको लागि संसदभित्र र संसद बाहिर कुरा उठाएको बताइन।
उनले खासगरी स्वास्थ्य बिमा, त्यसैगरी ललितपुर क्षेत्र हेपिएको, सडक र खानेपानि बारेमा कुरा उठाएको, भैसिपाटीको सडक मापदण्डको विषयमा, डाक्टरहरु सडकमा आएकोबारे प्ध्यानाकर्षण, औषधीमा धेरै मुल्य लिएको बारेमा, मृत्यूको खतरा जन्य रोगहरुबारे जनचेतना र बिषय उठान, स्वस्थ्य मन्त्रालयसँग हुनुपर्ने डाटा नै छैन् अनि लागु पदार्थको दुर्व्यसनी लगातका कुरा छन। त्यसमा अझै धेरै काम गर्नुछ।
म सधैंको लागि राजनीति होइन एउटा निश्चित समयको लागि आएकी हुँ। तर पनि मैले आफ्नो पेशा छोडेकी छैन, समय र अवश्यकतता अनुसार स्वयं सेवा पनि गर्दै आएकी छु। त्यो मात्र होइन अरु धेरै काम गर्न बाँकी छन्। भर्खर त सुरु भएको छ। यो पटक आफ्नो दल रास्वपाले बहुमत ल्याएर सरकार बनाएर धेरै एजेण्डा पुरा गर्नकै लागे पनि आफू यो पटक फेरी आएको कुरा उनले बताइन।
