केन्द्रीय कार्यसमितिले मात्र विशेष महाधिवेशन बोलाउन सक्छ, पदाधिकारीले सक्दैन

Graphic representation featuring two individuals associated with the Nepali Congress party and a tree symbol.
Spread the love

नेपाली कांग्रेसले आफ्नो दलको बिधान अनुसार विशेष महाधिवेशन बोलाउने अधिकारी केन्द्रीय कार्यसमिति बाहेक व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभएको कुरा बिज्ञप्ति जारि गर्दै बताएको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनवरी ७, २०२६ बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको जनाएका छन।

पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरूलाई आग्रह गरिएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गर्ने भन्दै यहि पुस २७ र २८ गते भृकुटीमण्डपमा हाल बुकिङ्ग गरेका छन। फेसबुके प्रचारबाजी गर्दै आएका शर्मा-थापाले अन्तत त्यसलाई भेलामा परिणत गरेर सेफल्याण्डिङ्ग गर्ने भएका छन।