उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङको पूर्णकालिन राजनैतिक यात्रा सुरु भएको छ। उसो त नेपाली राजनीतिमा जो कोहि पनि मन्त्री हुन् सक्छ तर सबै मन्त्री सफल प्रशासक नहुन सक्छन। त्यसै मध्येका सफल प्रशासक कुलमान घिसिङ मन्त्री पदबाट राजीनामा दिएका छन्। सथामा उनले आफ्नो औपचारिक राजनीतिक यात्रा सुरु भएको घोषणा समेत गरेका छन् ।
जनवरी ७, २०२६ बुधबार मन्त्री पदबाट राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले भोलिदेखि नै मेरो नयाँ राजनीतिक जीवन सुरु हुन्छ, मन्त्रालयको कोठामा बसेर मात्र होइन अब जनताको बिचमा गएर देश परिवर्तनको नेतृत्व गर्ने मेरो संकल्प छ’ उनले भने। जेन–जी आन्दोलनको भावना र जनअपेक्षा पूरा गर्न आफू अब दलीय राजनीतिमा होमिएको तर कुनै पनि पार्टीको सदस्यता नलिईकनै सरकारमा सहभागी भएको समेत बताए। अब भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहकार्यमा उज्यालो नेपाल अभियान (उनेपा) पार्टीलाई निर्वाचनमा होमिने घोषणा गरे।
सो क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा भाग लिने मन्त्रीहरूलाई पद त्याग्न दिएको निर्देशनको सम्मान गर्दै आफूले राजिनामा दिएको जानकारी गराए। घिसिङ्गको मन्त्रीपदलाइ एमालेले खिड्की चलाएता पनि निर्विवादित रहनगयो। उनि सफल मन्त्री सावित भए।
