नेपालको पछिल्लो राजनैतिक परिवर्तन पछि ३५/४० बर्ष सम्म एकछत्र भ्रष्टाचार र कुशासन गरेका नेकपा एमाले, नेपाली कांग्रेस र पूर्वमाओवादीहरुले आसन्न निर्वाचनमा आफूहरुको हैसियत १५/२० भन्दा तल हुने पूर्वानुमान आयो अनि उनीहरु गठबन्धन गर्न लागि परेका छन् त्यसमा पनि एमाले र गगन कांग्र्ग्रेसहरु।
उसैपनि नेपाली मतदाताहरुले यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अलायन्स अनि ठुलो दल हुने सकेट देखिएको छ। जेन-जीहरुको बलियो दबाव र समर्थन र रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङको एकीकरणले नै यसलाई संभव बनाएको छ।
रास्वपाले एक तह ओर्लेर काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहलाइ भावी प्रधानमन्त्रीको रुपमा अगाडी ल्याएको छ। एमाले होस् या कांग्रेस मेयर साहलाइ जहिले पनि काममा बाधा हाल्ने काम गरियो। त्यसको हिसाब पनि बाँकी नै छ। कुलमान घिसिङको संरक्षकत्वमा रहेको उज्यालो नेपाल पार्टीसँग पुस १४ गते सात/सात बुँदे सहमति गरेको छ।
भलै विघटित प्रतिनिधि सभा पुनर्स्थापनाका लागि दुवै दलका १४३ सांसदले हस्ताक्षर सर्वोच्च अदालतमा मुद्धा हालेका छन्। फैसला जे सुकै आएता पनि मतदाताको मन भने फेरिन्न र अब जहिले भए पनि हुने निर्वाचनमा यो दल नै ठुलो हुने देखियो। यो दवाव र मतको लहर रोक्न जे सुकै गरिएता पनि नतिजा भने सोझो नै छ।
