नेपाली कांग्रेसको इतिहासमा सबैभन्दा निकम्मा र निरिहा महामन्त्री १४ औं महाधिवेशन निर्वाचित गरेको कुरा जग-जाहेर भएको छ। यति मात्र होइन उनिहरुले दल फोर्न लागेको कुरा स्वयं कांग्रेस सभापति शेरबहादुर देउबाले उद्घघोष गरेका छन्। त्यसमाथि पनि आसन्न महाधिवेशनका लागि सभापतिका आकांक्षी रहेका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले पनि महामन्त्री द्वोय विश्वप्रकाश शर्मा र गगन थापाप्रति कानुनि जिकिर सहित प्रहार गरे।
उता महामन्त्री द्वोय शर्मा र थापाले नियमित महाधिवेशन रोकेर बिशेष महाधिवेशनको सटकट मार्गमा पुरा शक्ति खन्याए। ४ लाख भन्दा धेरै फर्जी सदस्य लेराए। तर पनि उनीहरु रोकिएका छैनन। उनीहरुले पुस्तान्तरण होइन केवल आफू हुनको लागि मात्र खेल खेलेका हुन्। अन्यथा उनीहरुले अरुलाई अगाडी सार्नुपर्ने त्यो किन भएन ?
यसैबीच कांग्रेसको कार्यसम्पादन समितिले चुनावपछि बैसाखमा नियमित महाधिवेशन आगामी वैशाखको २८ देखि ३१ गतेसम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका बहुमतको आधारमा पारित गरेको छ। यसबाट कांग्रेसको बिचलन सहि मार्गमा गयो तर बिद्रोहीको इच्छा भने पुरा भएको छैन।
किन विशेष महाधिवेशन वैधता छैन त ?
नेपाली कांग्रेसको १४ औं महाधिवेशनका ४,७४३ महाधिवेशन प्रतिनिधि मध्ये २,४८८ प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेर पार्टीमा दर्ता गराए। कांग्रेसको विधान अनुसार ४० प्रतिशतले माग गरेमा ९० दिनभित्र विशेष महाधिवेशन बोलाउनुपर्छ। तर केन्द्रीय कार्यसमितिले पारित गरेर बिशेष महाधिवेशनको कार्यविधि बनाउँनुपर्छ। त्यो भनेको छैन र बिशेष महाधिवेशन नै पारित भएको छैन। नियमित महाधिवेशन पारित भएको अवस्थामा बिशेष महाधिवेशनको बैधता समाप्त भएको छ भन्ने कुरा संस्थापन पक्ष र डा. कोइरालाको जिकिर छ।
अब के हुन्छ ?
संस्थापनले विधान अनुसार विशेष महाधिवेशन नडाकिएकाले त्यसले वैधता नपाउने निर्णय गरेको छ भने बिद्रोहीले बिशेष महाधिवेशन गरेर नै छाड्ने बताएका छन्। दल फुट्ने निश्चित देखिएपछि हस्ताक्षर गर्ने मध्ये आफूहरु महामन्त्रीहरुको लहै-लहैमा नलाग्ने भन्दै बाटो फेर्न थालेका छन्। संस्थापनले प्रदेश मन्त्रीहरुलाइ कारबाही गर्ने कुरा गरेको छ। अन्तत बिशेष महाधिवेशनको डंका पिट्दा कांग्रेस महामन्त्रीहरुले कांग्रेसलाइ डिरेल गर्न प्रयास गरे र अन्तमा मुसा हुनेमा निश्चित नै छ।
