नेपाली कांग्रेसका नेता तथा आसन्न महाधिवेशनका लागि सभापतिका दावेदार डा. शेखर कोइरालाले वर्तमान समयमा आसन्न निर्वाचन मुखैमा छ। एउटा प्रजातान्त्रिक दल भएकाले निर्वाचनमा भाग लिनुपर्छ। त्यसैले पार्टी नेतृत्वले प्रस्ताव गरेको वैशाखमा गर्ने महाधिवेशनलाइ नै आफूहरुले स्वीकार्ने बताएका छन।
महाधिवेशन नियमित समयमा नै गर्नुपर्छ भन्ने अडान राख्दै आएको भएता पनि पार्टीको स्थानिय तह देखिको अधिवेशन प्रक्रिया अगाडी बढेको छैन। सदस्यताको बिषय काम नै पुरा गेरको देखिएन। महामन्त्री द्वोय बिश्वोप्रकाश शर्मा र गगन थापाप्रति संकेत गर्दै उनले भने, पदीय जिम्मेवारी अनुसार गर्नुपर्ने काम छोडेर अर्को बितण्डा गर्नु, उसै पनि ४ लाख बढी सदस्यहरुको अर्को काण्ड आएको छ। यसले पार्टीको भलाइ गर्दैन।
त्यसैले कार्यसम्पादन समितिको बैठकमा आफूले महाधिवेशन र निर्वाचनको काम सँग-सँगै अघि लानुपर्ने प्रस्ताव राखे पनि अधिकांश नेताले समय अभावका कारण त्यो सम्भव नरहेको बताएपछि कार्यबाहक सभापति पुर्णबहादुर खड्काको वैशाख २८ गतेदेखि पार्टी महाधिवेशन गर्ने प्रस्तावमा आफूले सहमति जनाएको बताए। त्यहि प्रस्ताव पारित भएको छ।
कोइरालाले बोलाएको भेटघाटमा उनि निकट नेताहरु उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, त्यसैगरी अन्य नेताहरूमा मिनेन्द्र रिजाल, बलबहादुर केसी, सञ्जय गौतम, डा गोविन्द पोखरेल, सरिता प्रसाईँ, कालीबहादुर सहकारी, भूपेन्द्रबहादुर शाही, रञ्जित कर्ण, दीपक भट्टराई, विष्णु मुस्कान भुसाल लगायत सहभागी भएको बताइन्छ।
कांग्रेस कार्यसम्पादन समितिको शुक्रबारको बैठकको बैसाखको महाधिवेशन प्रस्तावलाइ महामन्त्रीद्वय शर्मा र थापालाइ सहमहामन्त्री फरमुल्लाह मन्सुर, कार्यसम्पादन समिति सदस्य तथा थापाका ससुरा अर्जुननरसिंह केसी र नेत्री उमा रेग्मी समेत जम्मा ४ जनाले विपक्षमा मत राखेका थिए।
सो निर्णय पछि महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएका नेताहरूले थापा शर्माको धोकापूर्ण पार्टी फोर्ने सड्यन्त्र भएकाले आफूहरुले फरक निर्णय गर्ने बिचार व्यक्त गरे।अन्तत थापालाइ शर्मा पक्षले पनि छोडेर थापा खोटो सिक्क हुने कुरा कांग्रेसहरुले बताउन थालेका छन।
